६ महिनापछि फेरि खुल्यो मलेसिया रोजगारी, दूतावासले थाल्यो माग पत्र प्रमाणीकरण

Published by:

Published on:


काठमाडौँ ।
केही समयदेखि बन्द रहेको मलेसियाको रोजगारी फेरि खुला भएको छ। २०८१ जेठ १८ गतेदेखि लागु भएको आप्रवासी कामदारमाथिको प्रतिबन्ध आंशिक रूपमा खुला गरिएको हो।

मलेसियाको नियम अनुसार देशभित्र १५ प्रतिशत मात्र विदेशी कामदार राख्न पाइने व्यवस्था छ। यो सीमा पूरा भएपछि सरकारले कामदार लिन रोक लगाएको थियो।

मलेसियास्थित नेपाली दूतावासले प्लान्टेसन लगायतका विभिन्न क्षेत्रका लागि १,७८० माग पत्र प्रमाणीकरण गरेको छ। योसँगै मलेसियामा ६ महिनादेखि रोकिएको आप्रवासी कामदार पठाउने प्रक्रिया सुरु भएको छ। तर, अहिले सीमित क्षेत्रमा मात्रै रोजगारी खुलाइएको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार विशेष कोटामार्फत मात्र कामदारको माग भइरहेको छ। मलेसियाका रोजगारदाताले आवश्यक कामदारका लागि नेपाली दूतावासमा माग पत्र पेस गर्न सक्छन्। माग पत्र प्रमाणीकरण भएपछि वैदेशिक रोजगार विभागले प्रक्रिया सुरु गर्नेछ।

ताजा समाचार

सम्बन्धित समाचार