महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कञ्चनपुरको अध्यक्षमा प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेदवार सुरेश धामी निर्वाचित भएका छन् ।
महासंघको शुत्रबार सम्पन्न नवौ अधिवेशनबाट प्रेस सेन्टरका उम्मेदवार राजेन्द्र प्रसाद अवस्थीलाई १२ मतले पराजित गरी धामी अध्यक्षमा निर्वाचित भएका हुन् । धामी प्रेस चौतारी कञ्चनपुरका पूर्व अध्यक्ष हुन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार अध्यक्ष निर्वाचित धामीले ५८ र प्रतिद्वन्द्वी अवस्थीले ४६ मत ल्याएका छन् ।
महासंघको उपाध्यक्ष ९खुल्ला० मा प्रेस चौतारी प्रेस युनियनका साझा उम्मेदवार अमर बहादुर चन्द निर्वाचित भएका छन् । उनले ६६ मत ल्याएका छन् ।
उनी प्रेस युनियनका निवर्तमान अध्यक्ष हुन् । उपाध्यक्षमा उनका प्रतिस्पर्धी रमेश प्रसाद भट्टले ३५ मत ल्याएका छन् । यसैगरी शेर बहादुर सिहले २ मत ल्याएका छन् । सिहले उम्मेदवारी समय सकिएपछि उम्मेदवारी फिर्ता लिएका थिए । उपाध्यक्षमा खुलामा सबै उम्मेदवार प्रेस युनियनका हुन् ।
महिला उपाध्यक्षमा धर्मा रोकाया निर्वाचित भएकी छन् । प्रेस चौतारी प्रेस युनियनका साझा उम्मेदवार रोकायाले ६४ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी प्रेस सेन्टरकी चन्द्रिका चौधरीले ३१ मत ल्याएकी छन् । महिला उपाध्यक्ष निर्वाचित रोकाया प्रेस चौतारीकी केन्द्रीय सदस्य हुन् ।
सह सचिवमा प्रेस चौतारी प्रेस युनियनका साझा उम्मेदवारलाई फराकिलो मत अन्तरले हराउँदै गोकुल जोशी निर्वाचित भएका छन् । जोशीले ५६ र उनका प्रतिद्वन्द्वी चन्द्रकान्त जोशीले ३८ मत ल्याएका छन् ।
प्रेस युनियनले टिकट नदिएपछि निर्वाचिन जोशी स्वतन्त्र उम्मेदवार भएर चुनाव लडेका हुन् । मतदान अघि प्रेस युनियनले जोशीलाई कारवाही गरेको थियो ।
प्रेस सेन्टरका उम्मेदवार मोहन विष्ट कोषाध्यक्षमा निर्वाचित भएका छन् । उनले चौतारी र युनियनका साझा उम्मेदवार लक्ष्मण पन्तलाई ४ मतले पराजित गरेका छन् ।
महासंघको ८ खुला सदस्यमा केशव भट्ट९७९०, दिनेशराज ओझा ९५७०, धन बहादुर महता विकास९५४०, भवानीदत्त भट्ट९भुवन० ६३, माधव पौडेल९५६०, सुजित सिनाल९७४०, सुरेश भट्ट ९६९०, हरिलाल जोशी९५२० मत ल्याएर निर्वाचित भएका छन् ।
यसैगरी दलित सदस्यमा चौतारी युनियनका साझा उम्मेदवार धन बहादुर बिक निर्वाचित भएका छन् । उनले सेन्टरका खडक कोलीलाई २ मतले पराजित गरेका छन् । विकले ५२ र कोलीले ५० मत ल्याएका छन् । ५९ मत ल्याएर दान सिह डगौरा आदिवासी जनजाति सदस्य निर्वाचित भएका छन् । उनले सेन्टरका नरेश रानालाई पराजित गरे । रानाले ३१ मत ल्याए ।
महासंघको सचिवमा कुन्दन पाण्डेय, समावेशी सह सचिवमा किशोर कुमार तामाङ्ग, महिला सदस्यमा ऐश्वर्या कुँबर यस अघि निर्विरोध निर्वाचित भएका थिए ।
नवौ अधिवेशनमा १ सय ७ मत खसेको थियो । महासंघ कञ्चनपुरमा १ सय १६ सदस्य छन् ।