काठमाडौं। नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितअन्तर्गत आइतबार भएको भिडन्तमा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्ले अफमा पुग्ने तेस्रो टोली भएको छ।
समूह चरणका ६ खेलबाट जनकपुरसँगै समान १० अंक बनाएको सुदूरपश्चिमले पोखराविरुद्ध चाहेअनुसारको परिणाम निकाल्दै प्ले अफ यात्रा तय गरेको हो ।
सुदूरबाट मिलेको १५४ रनको चुनौती पछ्याएको पोखरा १९।४ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनमा समेटियो ।
सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोज प्लेअफमा पुगिसकेका छन् । आइतबारकै पहिलो खेलमा विराटनगर किङ्सलाई एक विकेटले हराएको काठमाडौं गुर्खाजसँग समान ८ अंक हुँदा पनि रनरेटमा पछि पार्दै चितवनले प्लेअफमा पुगिसकेको छ ।
सुदूरपश्चिम र कर्णाली याक्सबीच सोमबार हुने लिग चरणको अन्तिम खेलले प्लेअफमा पुग्ने चौथो र अन्तिम टोलीको टुंगो लाग्ने छ। सुदूरपश्चिम विजयी हुँदा शीर्ष स्थानमा रहँदै जनकपुरसँग इलिमिनेटर खेल्नुपर्नेछ।
सुदूर हारेमा रनरेटका आधारमा सुदूर, जनकपुर र कर्णालीमध्ये शीर्ष २ का टोलीले इलिमिटेरमा भिड्नेछन् ।
सोमबार कर्णालीले जिते काठमाडौं लिग चरणबाटै बिदा हुनेछ । सुदूरले जितेमा रनरेटका आधारका कर्णाली र काठमाडौंमध्ये एकले प्लेअफ यात्रा तय गर्नेछन् ।
आइतबार सुदूरविरुद्धको खेलमा पनि पोखराका क्याप्टेन कुशल भुर्तेल शुन्यमै बाहिरिँदै फ्लप सावित भए । पोखराका लागि एन्ड्रिज ओउसले ३६ रनको योगदान दिए ।
उता रेइमन रेइफरले ३३ र किरन ठगुन्नाले ३२ रन बनाए । सुदूरलाई जिताउने क्रममा स्कट कुग्गेलिनले ३।४ ओभर बलिङ गर्दै ५ विकेट झारे। हरमित सिंहले ३ विकेट लिए ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । आरिस शेखले नटआउट ४२ र ब्रेण्डोन म्याकमुलेनले २३ रन बनाए । क्याप्टेन दीपेन्द्र सिंह ऐरीले पनि २० रनको योगदान गरे ।
पराजित पोखराका लागि क्याप्टेन कुशल भुर्तेलले २ विकेट लिए । रेइमन रेफर, सागर ढकाल र मिचेल लिस्कले एक९एक विकेट लिए ।
यस जितपछि सुदूरपश्चिम ६ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ। पराजित पोखराले सात खेलबाट ६ अंकसहित प्रतियोगिताबाट बिदा भएको छ । जनकपुर बोल्ट्स १० अंकसहित दोस्रो स्थानमा छ । चितवन राइनोज, कर्णाली र काठमाडौं गुर्खाजले ८र८ अंक बनाएका छन् ।