महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेला तथा महाकाली आर्यघाटमा सरसफाई गरिएको छ ।
भीमदत्त नगरपालिका ११ वडा कार्यलयको आयोजना तथा भीमदत्त नगरपालिका,निड्स नेपाल,एनएनएसडब्लुए,ईलाका प्रहरी कार्यालय गडडचौकी लगाएतको सहकार्य तथा सहयोगमा भुजेला आर्याघाटको सरसफाई गरिएको भीमदत्त नगरपालिका वडा न ११ का वडा अध्यक्ष प्रकाश थापाले बताए ।
पछिल्लो समय शवको अन्तिम दाहसंस्कार गर्ने आउने आम मानिसहरुले लुगा कपडा,पानिका बोटल,प्लाष्टिकजन्य झोला लगाएतका सामाग्री जथाभावि फाल्ने गर्नाले महाकाली आर्याघाट दिनप्रतिदिन दुर्गन्धित बन्दै गईरहेकोले आर्याघाटमा सरसफाई गरिएको थापाले बताए ।
आगामी दिनहरुमा पनि आर्याघाटको सरसफाईको लागि वडा तथा नगरपालिका सधैव तत्वर रहने उनले बताए । सामाजिक उत्तरदायित्व अन्र्तगतका कार्यक्रमहरुलाई अगाडि बढाउने उदेश्यले आयोजना गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका कर्मचारी,निड्स नेपाल,एनएनएसडब्लुए लगाएतका प्रतिनिधि गरी ३० जना भन्दा बढिको सहभागिता रहेको थियो