रवि लामिछानेको कुनैपनि मानवअधिकार हनन भएको छैन गृहमन्त्री लेखक

Published by:

Published on:

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको कुनैपनि मानवअधिकार हनन नभएको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।

नवलपुर प्रेस युनियन जिल्ला शाखाले गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले लामिछानेमाथि हरेक कुरा कानुनबमोजिम र अदालतका अनुमतिमा भइरहेको बताएका हुन् ।

उनले भने ‘रविजीको मानवअधिकार हनन हुने कुनै काम भएको छैन । सरकार हरेक व्यक्तिको मानवअधिकार रक्षाका लागि प्रतिबद्ध छ ्र,’ ‘सहकारी ठगीमा संलग्म्लन जो कोहीमाथि हरेक कुरा कानुनबमोजिम र अदालतका अनुमतिमा भई रहेको छ ।’

लोकतन्त्रमा भिडले न्याय नदिने भन्दै न्यायिक प्रकृयाबाट नै हरेक गतिविधिको छिनोफानो हुने गृहमन्त्री लेखक बताए ्र

उनले सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने कुनै काम कसैले पनि गर्न नहुने बताएका छन् । जनताले दुस्ख गरेर जम्मा गरेको करोडौं रकम हिनामिना गर्नेमाथि अनुसन्धान हुँदा भिड जम्मा गर्ने, अदालत तथा न्यायिक निकाय घेराउ गर्ने जस्ता गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार