समाजिक विकृतीको भयानक रुप ः पतिपत्नीबाट दुवै असुरक्षित

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरमा श्रीमानबाट श्रीमती र श्रीमतीबाट श्रीमान नै हत्याको शिकार हुनुपरेको छ । जिल्लाकको उत्तरी भेग भीमदत्त नगरपालिका ८ तिलाचौर र दक्षिणी भाग बेलौरी नपा ६ भुराकोटमा श्रीमानले श्रीमती र श्रीमतीले श्रीमानको हत्या गरिदिएका छन ।

जिल्लाको बेलौरी नगरपालिका ६ भुराकोट सीमावर्ती गाँउ हो । भुराकोटदेखि दक्षिण भारत उत्तरप्रदेशको खजुरिया नजिकै पर्छ । भुराकोटको उत्तर बेलौरी बजारी बजार छ । बेलौरी कुनैबेला कैलाली, कञ्चनपुरको सदरमुकाम हो । पछिल्ला बर्षहरुमा भुराकोटमा श्रीमतीले श्रीमान हत्यागर्ने घटना घटिरहेका छन । चार बर्ष अघि एक युवतीले श्रीमानको हत्या गरेको घटना सेलाउन नपाउँदै फेरी अर्की महिलाले श्रीमानको हत्या गरेकी छिन ।

चार बर्ष अघि ११ फागुन ०७७ सालमा भुराकोटकी २७ बर्षिया बसन्ती चौधरीले ३० बर्षिया श्रीमान ओम कुमार चौधरीको घरमै हत्या गरिन् । श्रीमान ओमले अर्को विवाह गरेर सौता भित्र्राउन खोजेको भन्दै बसन्तीले फटुवा प्रहार गरेर बिहान ४बजेतिर ओछ्यानमा हत्या गरिदिईन । श्रीमानको हत्या गरेकी बसन्ती अहिले कारागार छिन ।

बसन्तीकै शैलीमा भुराकोटकै एक अर्की महिलाले १३ मंसिर ०८१ साल राती श्रीमानको ईटा प्रहार गरेर हत्या गरिदिएकी छिन । भुराकोटकी ४३ बर्षिया जनक कुमारीले ४९ बर्षिया श्रीमान सियाराम रानाको ईटा प्रहार गरी हत्या गरेकी छिन । अटो चालक श्रीमान सियारामले मदिरा सेवन गरेर आफुसंग झै झगडा गर्दै आएको झोकमा श्रीमान सुतिरहेका बेला ओछ्यानै ईटा प्रहार गरेर हत्या गरेकी हुन।

चार बर्षको अवधिमा श्रीमतीको हत्याबाट भुराकोटका युवाद्वय ओमकार सियाराम ओछ्यानै अस्थाएका छन । बसन्तीले श्रीमानको बिहानपख र जनककुमारीले श्रीमानको साँझपख हत्या गरेका हुन ।

बेलौरीको भुराकोटमा यसरी श्रीमतीबाट श्रीमानको हत्याका घटना नरोकिएपछि स्थानीय समेत त्रसित भएका छन । बेलौरीको भुराकोट जस्तै भीमदत्त नगरको तिलाचौरमा समेत श्रीमानले श्रीमतीको हत्या गरेका छन ।

१५ मंसिर ०८१ साँझ ८ बजेतिर भीमदत्त नगरपालिका ८ तिलाचौरका स्थानीय नेपाल प्रहरीका पुर्व असई समेत रहेका ४९ बर्षिया नरेन्द्र विष्टले ३० बर्षिया श्रीमती ज्योतीको हत्या गरेका छन । जबकी नरेन्द्र विष्ट पुर्व सुरक्षाकर्मी पपिन हुन । उनकी पहिलो श्रीमती वितेपछि आफु भन्दा १९ बर्ष कान्छी महिलासंग विवाह गरेका थिए ।

६ बर्ष अघि भीनपा ८ तिलाचौरमै ०७५ असार १२ गतेका दिन सशस्त्र प्रहरीका जवान ३५ बर्षिया केशव कार्कीले घरसायी विवादकै कारण खेतमा काम गरिरहेकी २७ बर्षिया गिता कार्कीको ज्यान लिएका थिए ।

६ बर्षको अन्तरालमा नेपाल प्रहरीका पुर्व असई समेत रहेका ४९ बर्षिया नरेन्द्र विष्टले २९ बर्षिया श्रीमती ज्योतीको हत्या गरेका थिए । यसरी कञ्चनपुरमा श्रीमानबाट श्रीमती र श्रीमतीबाट श्रीमान असुरक्षित हुन थालेपछि नवविवाहित जोडी बढी त्रसित भएकाछन ।

ताजा समाचार

सम्बन्धित समाचार