लिटिलबुद्धलाई ईन्टरनेशनल क्रिकेट कपको उपाधी लिटिलबुद्धको पोल्टोमा

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको लिटिलबुद्ध ऐकेडेमीले चौथो ईन्टरनेशनल टि–२० कपको उपाधी हात पारेको छ । सोमबार भएको फाईनल खेलमा लिटिलबुद्ध ऐकेडेमी ईन्टरनेशनल टि–२० कपको उपाधी हात पार्ने सफल भएको हो ।

यही मंसिर २० गतेबाट ईन्टरनेशनल पब्लिक ऐकेडेमीले कञ्चनपुरको खुल्ला मञ्चमा टि २० क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो ।जसमा कञ्चनपुरका १४ टिम र धनगढीका २ गरी १६ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा पहिलो ब्याटिङ्ग गरेको लिटिलबुद्ध एकेडेमीले सूदूरपश्चिम एमेडेमीलाई १०५रनको टार्गेट दिएको थियो । सोमबार भएको सेमीफाईनल खेलमा लिटिलबुद्ध ऐकेडेमीले कैलालीको सुदुरपश्चिम ऐकेडेमीलाई १०४ रनले पराजित गरेको हो । दोस्रोमा बलिङ गरेको उपविजेता सुदुरपश्चिम ऐकेडेमीले भने १०२ रन ल्याएको थियो ।

चौथो ईन्टरनेशनल टि–२० कपका विजेता टिमलाई १ लाख नगद ट्रफी प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार ट्रफी र प्रमाणपत्र वितरण गरिएको ईन्टरनेशल पब्लिक स्कुलका प्लटु संयोजक महेन्द्र बहादुर चन्दले बताए । चन्दले विद्यार्थीहरुलाई पढाईको साथसाथै खेलकुदमा पनि उत्कृष्टता प्रदान गर्ने र विकासको बताबरण दिन ईन्टरनेशल पब्लिक स्कुलले प्रत्येक वर्ष विभिन्न विद्याका खेलहरुको आयोजना गर्दै आईरहेको बताए ।

यही मंसिर २० गते बाट संचालन भएको टि २० क्रिकेट प्रतियोगिता १३ दिनमा आज सम्पन्न भएको हो । ईन्टरनेशल पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष लिलाध्वज बस्नेतको अध्यक्षतामा भएको समापन कार्यक्रमको प्रमुख अथिति सुुदूरपश्चिम प्रदेश सदस्य मघु भारती प्रमुख अथिति रहेकी थिईन ।

ताजा समाचार

सम्बन्धित समाचार