महेन्द्रनगर । अमेरिकाको भिजाको प्रलोभन देखाएर इन्जिनियर हु भन्दै नक्कली बिहे गर्ने गाडिका सह–चालक (खलासी) डडेल्धुराका ४ का विष्णु मालीले केटी पक्षबाट पाचँ लाख रुँपैया समेत असुल गरेको खुल्न आएको छ ।
कञ्चनपुर प्रहरीका प्रवक्ता उमेश जोशीका अनुसार विष्णुले बैदेशिक रोजगारीको लागि बारँम्बार काठमाडौ जाने कारण देखाउदै पाँच लाख समेत असुली गरेको जाहेरीमा उल्लेख गरिएको बताए । ईन्जिनियर हु भन्दै कञ्चनपुरकी ३१ बर्षीय युवतीसंग अमेरिकाको भिजाको प्रलोभन देखाएर मंसिर २२ गते विष्णुले बिवाह गरेका थिए ।
प्रवक्ता जोशीका अनुसार नक्कली बिवाहमा मतियारकाको भुमीकामा निर्वाह गर्ने अमरगढी नगरपालिका वडा न ३ का बिर बहादुर ऐर र आफुलाई नक्कली ईन्जिनियर विष्णु प्रसाद मालीको भिनाजुको बताउने बेदकोट नगरपालिका वडा नम्बर २ का जनक लबहादुर धामीलाई समेत पक्राउ गरि थप अनुसन्धान भईरहेको आभाष डट कमलाई बताए ।
नक्कली बिवाह योजनाकार विष्णु मालीलाई ठगी,जबरजस्ती करणी, बहु विवाह,र मतियारहरुलाई विभिन्न किसिमका मुद्धा आकर्षीत हुन सक्ने प्रहरीको भनाई रहेको छ । डेल्धुराका सवारी सहचालक खलासी युवक, ३२ वर्षीय विष्णु प्रसाद माली र कञ्चनपुरकी एक ३१ वर्षीया युवतीबिच चार महिना अगाडि असोजमा मात्र सामाजिक संजाल फेसबुकमाबाट चिनाजानी भएको थियो ।
जसमा मालीले प्रेम गर्ने भन्दै आफू अविवाहित भएको र विवाह गर्नेसम्मको युवतीलाई आश्वास दिएका थिए । तर यो अहिलेसम्म पुग्दा घटनाक्रम कञ्चनपुर प्रहरीमा पुगेको छ।अहिलेसम्मको जानकारी अनुसार ती युवक विवाहित भएको खुलेपछि नक्कली अभिभावक बनाएर बहुविवाह गरेको आरोपमा माली सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेशराज जोशीले डडेल्धुराको भागेश्वर गाउँपालिका ४ का विष्णु प्रसाद मालीलाई पक्राउ गरिएको जानकारी दिए।उनका अनुसार उनीसँगै घटनाका मतियार बेदकोट नगरपालिका २ का जनक लबहादुर धामी र अमरगढी नगरपालिका ३ का बिर बहादुर ऐरलाई पक्राउ गरिएको छ ।
मालीले विवाह गर्ने तयारी गरेको किशोरीको पक्षलाई धामीले ‘यो केटो मेरो सालो हो निकै राम्रो छ’ भन्दै फकाएका थिए। धामीको कुरा सुन्दै मालीसँग विवाह गराउन केटी पक्ष पनि राजी भएको केटिका आफन्तको भनाई रहेको छ । । तर, विवाह भएको तेस्रो दिन नै मालीले नक्कली अभिभावक खडा गरेर दोस्रो विवाह गरेको पुष्टि भयो।
सबैभन्दा पहिले उनले युवतीलाई आफू अविवाहित रहेको, इन्जिनियर भएको र अमेरिकाको भिजा लागिसकेको भन्दै फकाएका थिए। मालीले बुवा आमासहितका अन्य परिवारका सदस्य पनि नक्कली खडा गरेका थिए।
उनीहरुले पनि मालीले भनेझै गरे। केही महिनापछि युवती विवाह गर्न राजी भइन्। अघिल्लो महिनाको २२ गते कञ्चनपुर महेन्द्रनगरको चेतन होटेलमा उनीहरुको विवाह भयो।
तर ती युवक विवाहित हुन् भने कुरा युवतीले अझै चाल पाएकी थिइनन्। प्रहरी स्रोत भन्छ, ‘युवकले मेरो काकाको स्वास्थ्य अवस्था जटिल बन्दै छ, जति बेला पनि नराम्रो खबर आउन सक्छ’ भन्दै मोबाइल बन्द गर्न लगाए र ५र७ साथीभाईको उपस्थितिमा मात्रै विवाह मण्डमा आए।
गुपचुपमा विवाह भयो। भोलीपल्ट डडेल्धुरा प्रस्थान गर्न थाले। त्यो बेलासम्म सामाजिक सञ्जाल फेसबुक र टिकटकमा विवाहको फोटा र केही दृश्यहरू आइसकेका थिए।
सो क्रममा मालीको पहिलो श्रीमतीले आफ्नो श्रीमान अर्को विवाह गरेको त्यहि टिकटकमा थाहा पाइन् र उनले त्यहि टिकटमा आफू पहिलो श्रीमती रहेको जानकारी गराइन्।
मालीको पहिलो श्रीमतीको कमेन्ट देखेर दोस्रो श्रीमतीका परिवारका सदस्यहरू अचम्मित भए। परिवारमार्फत प्रहरीसम्म कुरा पुराएपछि उनले नक्कली अभिभावक खडा गरेर बहुविवाह गरेको पुष्टि भयो।
दोस्रो श्रीमती लिएर डडेल्धुरा जाँदै गरेका माली २५ गते बुडरमै पक्राउ परे। मालीले आफूसँग विवाह गर्न गरेको नाटक सबै थाहा पाएपछि दोस्रो श्रीमतिले प्रहरीमा आफूलाई झुक्काएर विवाह गरेको भन्दै उजुरी दिइन्।युवतीको उजुरीपछि अहिले माली र मतियार धामी, र ऐरलाई पक्राउ गरी थप अनुसन्धान थालिएको कञ्चनपुर प्रहरीको भनाई रहेको छ ।