सिसैया जुवातास काण्ड ः काँग्रेस नेता बोहराको घरमा जुवाखाल

Published by:

Published on:

कञ्चनपुर । दशैँ, तिहार सकिएको महिनौँ समय वितिसक्दा पनि कञ्चनपुरमा जुवातास खुलेयाम भईरहेको छ । होटल, पसलदेखि घरसम्मै जुवातास भईरहेका छन । जहाँ जुवातास त्यही प्रहरीले एक्सन गरेपछि जुवाडे पक्राउ गरेका छन ।

सोमबार पनि बेदकोट नगरपालिका १० सिसैया बिक्रम बोहराको घरबाट प्रहरीले १०जना जुवाडेलाई पक्राउ गरेको छ । सत्ताधारी काँग्रेस नेता बोहराको घरमा यसरी जुवातास अड्डा भएपछि छरछिमेक समेत हैरानी भएका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले सिसैयाका बोहराको घरको माथिल्लो तलामा जुवातास भईहेको अवस्थामा जुवाडे सहित नगद, तास बरामद गरिएको बताए । उनका अनुसार बेदकोट नगरपालिका क्षेत्रकै युवादेखि बृद्ध रहेका छन ।

बेदकोट नगरपालिका क्षेत्रका ५४ बर्षिया हर्क बहादुर साउद, ३३ बर्षिया बिक्रम बोहरा, ५२ बर्षिया प्रकास कठायत, ६२ बर्षिया गणेश राज पाण्डेय, ३४ बर्षिया पुरन सिह विष्ट,३० बर्षिया जगदिश बोहरा, ६ बस्ने ४९ बर्षिया सायब राना, ५२ बर्षिया सुरेन्द्र बोहरा, ४६ बर्षिया र्इैश्वरी दत्त अवस्थी र पुरन सिह धामी रहेका छन ।

धामी रास्वपा कञ्चनपुरका युवा नेता जनाईएको छ । राना काँग्रेसका नेता एव घरधनी बोहरा पनि काँग्रेसकै भएको दावि गरिएको छ । देश बनाउने भन्दै हिडेका काँग्रेस, रास्वपाको पाटी नीति, सिद्धान्त अनुरुप धामी जुवाखालबाट पक्राउ गरेपछि जनता चिन्तित भएका छन । काँग्रेस नेता राना, रास्वपा नेता धामीलाई सुनियोजित वा उनी आफै पाटीको नीति, सिद्धान्त विपरित जुवाखालबाट पक्राउ परेका विषयमा नागरिकले टिकाटिप्पणी गरिरहेका छन ।

काँग्रेस, रास्वपा नेताहरुले पाटीको नीति, सिद्धान्त विपरित जुवाखालबाट धामी पक्राउको विषयमा आन्तरिक छानबिन हुने तर उनी हेर्न बसेको समेत दावि गरेका छन ।

रास्वपा नेता र काँग्रेस नेता राना उनीहरु समान्य गरिखाने सोझा मान्छे हुन, कसैले फसाउन लगेको र हेर्न बसेको दावि गरेका छन । जुवाखालबाट १८ हजार, ४२२ नगद, ३ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार