फूलचोकी जङ्गलमा हराएका १३ युवा फेला ,इन्स्पेक्टर अस्मिताले गरिन् उद्धार

Published by:

Published on:

काठमाडौं । सोमबार बेलुकी ललितपुरको फूलचोकी जंगलभित्र हराएका १३ जना भेटिएका छन् ।

प्रहरी प्रभाग बाणेगाउँकी इन्स्पेक्टर अस्मिता कपालीको कमाण्डमा खोजी कार्यका निम्ति त्यहाँ पुगेको प्रहरी टोलीले उनीहरूलाई जंगलभित्रैबाट उद्दार गरेको हो ।

सोमबार बेलुकी उनीहरू जंगलभित्र हराएपछि आफैंले प्रहरी कन्ट्रोल रुममा खबर गरेका थिए । फेला पर्नेमा १० पुरुष र ३ महिला रहेको जिल्ला प्रहरी परिसरका एसपी नवरत्न पौडेलले बताए ।

अहिले उनीहरूलाई बाणेगाउँ प्रहरी प्रभागमा आरामका निम्ति लगिएको र आफन्तको जिम्मामा घर पठाइने पौडेलले बताए । उनीहरूको स्वास्थ्य र मानसिक अवस्था सामान्य छ ।

ताजा समाचार

सम्बन्धित समाचार