महेन्द्रनगर । कञ्चनपुरको बेदकोटमा १ मा रहेको बैजनाथ मध्यवर्ती सामुदायीक वनक्षेत्रको अनुगमन गरिएको छ ।
सोमबार श्री बैजनाथ मध्यवर्ति सामुदायीक वन उपभोक्ता समुहले आयोजना गरेको परिचयात्मक तथा स्वागत, शुभकामना कार्यक्रमका विच शुक्लाफाटा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षक अधिकृत मनोज कुमार शाहले बेदकोट नगरपालिका १ मा रहेको श्री बैजनाथ मध्यवर्ति सामुदायी वनक्षेत्रको अनुसगमन गरेका हुन ।
साहले बैजनाथ मध्यवर्ती सामुदायीक वनक्षेत्रको केहि समय अगाडि निर्माण गरिएको कृतीम पोखरी तथा वन क्षेत्र प्रबेश गर्ने नव निर्मित ग्राईभेल सडक लगाएत मध्यवर्ति सामुदायीक वनक्षेत्रमा देखिएका समस्याहरुको समेत अनुगमन गरेका हुन । वन्यजन्तुको पानीको प्यास मेटाउन करीब ५ लाखको लगानीमा बैजनाथ मध्यवर्ति सामुदायीक वन क्षेत्रमा कृतिम पोखरीको निर्माण गरिएको श्री बैजनाथ मध्यवर्ति वन समितिका अध्यक्ष लब विष्टले बताए। बन्यजन्तुको वासस्थान संरक्षण तथा गर्मीयाममा वनभित्र भएका प्राकृतिक तालमा पानी कम हुने भएकाले कृतिम ताल निर्माण गरिएको पनेरुको भनाई रहेको छ ।
विष्टले श्री बैजनाथ मध्यवर्ति वनका उपभोक्ता र शुक्लाफाटा राष्ट्रिय निकुञ्जका विच सिमा विवादका कारण देखिएका विभिन्न समस्या समाधानको लागि पहल चालिनु पर्ने बताएका छन्।अनुगमनको क्रममा शुक्लाफाटा राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षक अधिकृत मनोज कुमार साहले सामुदायीक वनले सामुदायीक वनको आसपासमा रहेका जन –समुदायलाई राम्रो ढङ्गले प्रवाभित गर्ने जरुरी रहेको बताए । साहले मध्यवर्तिमा क्षेत्रमा गिट्टि,बालुवा उत्खननमा देखिएको समस्यालाई प्रकृयागत ढङ्गले निकासकोको बाटोमा लैजाने बताए ।