मंसिर १३ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुनर्वास आउने

Published by:

Published on:

धन बहादुर विक

पुनर्वास । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड कञ्चनपुरको पुनर्वास आउने भएका छन । मंसिर १३ गते कञ्चनपुर को दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका ६ टाउन बजारमा रहेको खुलामञ्चमा उपस्थिति भई खबरदारी सभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष दहाल आउने प्रचारप्रसार समितिले जनाएको छ ।

पुर्व प्रधानमन्त्री समेत रहेका दहाल वर्तमान सरकर को खबरदारी गर्नका निमित्त पुनर्वास नगरपालिका को प्रतिभानगर टाउन बजारमा रहेको खुलामञ्चमा सम्बोधन का लागि आउने प्रचार बिभाग संयोजक ओम बिक्रम भाट सरल ले जानकारी दिए । सभामा कैलाली कञ्चनपुरबाट २० हजार भन्दा बढीको सहभागिता रहने मञ्च व्यवस्थापन उप समिति संयोजक रामबहादुर देवकरले बताए ।

सभालाई भब्य र सभ्य बनाउन नेकपा माओवादी कञ्चनपुर संयोजक खेमराज पाण्डेय को संयोजकत्वमा ७९ सदस्यीय उप समिति गठन गरिएको छ । माओवादी नेता टेकेन्द्र प्रसाद भट्ट बिक्रम को संयोजकत्वमा ११ सदस्यीय मुलपरिचालन उपसमिति गठन गरिएको छ भने भट्ट कै संयोजकत्वमा ८ सदस्यीय जनपरिचालन उपसमिति गठन गरिएको छ ।

माओवादी नेता बिरबल बिस्वकर्मा को संयोजकत्वमा पाँच सदस्यीय आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ भने रामबहादुर देवकरको संयोजकत्वमा ७ सदस्यीय मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

माओवादी नेत्रि माया नेगिको संयोजकत्वमा १२ सदस्यीय यातायात व्यवस्थापन उपसमिति गठन गरिएको छ भने ओम बिक्रम भाट सरलको को संयोजकत्वमा ३ सदस्यीय प्रचारप्रसार उप समिति गठन गरिएको छ ।

गोविन्द बिकको संयोजकत्वमा ७ सदस्यीय सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति गठन गरिएको छ भने नेत्रि दिपा चौधरी को संयोजकत्वमा ७ सदस्यीय सांस्कृतिक परिचालन उपसमिति गठन गरिएको छ । नेता लोकेन्द्र लम्सालको संयोजकत्वमा १० सदस्यीय अतिथि स्वागत तथा सत्कार उपसमिति गठन गरिएको छ भने नेता देवीलाल चौधरी को संयोजकत्वमा ९ सदस्यीय एकता ध्रुवीकरण समायोजन उपसमिति गठन गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार