आदिवासी जनजाती महिलालाई डलैया तालिम

Published by:

Published on:

बेलाैरी । कञ्चनपुरको बेलौरी, पुनर्वास र लालझाडीका आदिवासी जनजाती समुदायका महिलाहरुलाई डलैया तालिम लिईएको छ । बेलौरी, पुर्नवास र लालझाडीका आदिवासी जनजाती समुदायका महिलाहरुलाई डलैया ढकीया तालिम लिईएको हो ।

आदिवासी रानाथारु समुदायको परम्परागत डलैया, ढकीयाको सरक्षण प्रर्बद्धनकमा लागि ७ दिने डलैया, ढकीया सम्बन्धी तालिम दिएको जनाएको छ । आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र(सिप्रेड)को आयोजना र क्लियरी फाई र राईट रिसोर्सेसको सहयोगमा उक्त कार्यक्रम बिहीबार बेलौरी नगरपालिका ३ पडाव गाँउमा सम्पन्न भएको हो ।

सिप्रेट संस्थाका संयोजक विश्वास चेपाङले परियोजनाले आदिवासी जनजातिहरुको परम्परागत जीविकोपार्जनलाई दिगो बनाउन र प्राकृतिक श्रोत साधनहरु, पर्यावरण र जैविक विविधताको दिगो व्यवस्थापनका लागि आवश्यक पर्ने परम्परागत ज्ञान, सीप र सांस्कृतिक मूल्य मान्यताहरुलाई कायम राख्न योगदान पुर्याउनेछ । आदिवासी समुदायहरुलाई सदियौंदेखि आफ्नो पुर्खाहरु बसोवास गर्दै आइरहेको थातथलोमा सम्मानजनक र मर्यादाका साथ बाँच्न पाउने अधिकारको सुनिश्चितताका लागि महत्वपूर्ण सहयोग पुग्ने बताए ।

‘अधिकारमा आधारित संरक्षण’ आदिवासी ज्ञान प्रबद्र्धनका लागि सीपमुलक क्षमता अभिबृद्धि तालिम ७ दिने कार्यक्रम  सञ्चालन गरिएको थियो । बेलौरी नगरपालिका ३ नं. वडाका कार्यवाहक अध्यक्ष गंगा राम चौधरीको सभापतित्व र पुर्नवास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा प्रमुख अतिथी रहेका थिए ।

पुनर्वास नगरपालिका नगर प्रमुख शर्माले आदिवासी जनजातीको क्षमता विकासका लागि पालिकासंग साझेदारगरी सहयोग गर्ने बताए । तालिमका सहभागी बाल कुमारी चौधरीले ७ दिने तालिम छोटो रहेको आगामी दिनहरुमा यस्ता कार्यक्रम कम्तीमा तीन महिना सम्म  सञ्चालन गर्नु पर्नेमा जोड दिएका हुन ।

तालिममा लालझाडी गाउँपालिका, पुर्नवास र बेलौरी नगरपालिकाका २० जना प्रशिक्षार्थी सहभागी थिए । आदिवासी जनजाति अनुसन्धान तथा विकास केन्द्र(सिप्रेड) कञ्चनपुरका संयोजक प्रेमवती राना सञ्चालन गरेका हुन । उक्त कार्यक्रममा जनप्रतिनिधी, भलमन्सा, समाजसेवी सहितको सहभागिता रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार