पत्रकार महासंघ कञ्चनपुरको नव निर्वाचित समितिको पदस्थापन

Published by:

Published on:

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ कञ्चनपुरको ११ औं अधिवेशनबाट निर्वाचित समितिको बिहीबार पदस्थापन गरिएको छ । पत्रकार महासंघ भवनमा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिह थापाको प्रमुख आतिथ्यमा कार्यक्रम गरी नव निर्वाचित समितिको पदस्थापन गरिएको छ ।

मंसिर २८ गते सम्पन्न महासंघको ११ र्औं अधिवेशनबाट सुरेश धामीको नेतृत्वमा आगामी तीन वर्षका लागि नयाँ समिति निर्वाचित भएको थियो । कार्यक्रममा निर्वाचन समितिका संयोजक लक्ष्मीदत्त जोशीले नव निर्वाचित अध्यक्ष धामी सहित पदाधिकारी र सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरे । यसैगरी महासंघका निवर्तमान अध्यक्ष माधव सिह धामीले नव निर्वाचित अध्यक्ष सुरेश धामीलाई पदभार हस्तान्तरण गरे ।

कार्यक्रममा प्रदेश प्रतिनिधि परिषद सदस्य र केन्द्रीय प्रतिनिधि परिषद सदस्यहरुलाई पनि प्रमाण पत्र प्रदान गरिएको छ । निर्वाचन समितिका समिति अधिवक्ता प्रकाश पाण्डेय लगायतले उनीहरुलाई प्रमाण पत्र प्रदान गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष धामीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आभार व्यक्त गरे । उनले नयाँ समितिलाई पत्रकार, पत्रकारिता र प्रेस स्वतन्त्रताका लागि सधं्रै सक्रिय भएर लाग्न सुझाव दिए ।

पदस्थापन कार्यक्रम अवसर पारी पत्रकार महासंघ भवनको तेस्रो तला उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि आर्थिक मामिला मन्त्री थापाले शिलालेख अनावरण गरी उद्घाटन गरे ।

पदस्थापन कार्यक्रमपछि नव निर्वाचित अध्यक्ष धामीको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख अतिथि थापाले नव निर्वाचित पदाधिकारी र सदस्य लगायतलाई खादा लगाएर सम्मान गरे ।

कार्यक्रमका प्रमुख अतिथि थापाले पत्रकार महासंघको भवन निर्माणका लागि सहयोग गर्न पाउँदा आफू खुसी भएको उल्लेख गर्दै आगामी दिन सहकार्य गर्ने बताए ।

पत्रकार महासंघ निर्वाचन समितिका सदस्य अधिवक्ता प्रकाश पाण्डेय, पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्षद्वय लक्ष्मण तिवारी र विष्णुदत्त अवस्थी लगायतले शुभकामना मन्तव्य राखे ।

महासंघका नव निर्वाचित अध्यक्ष धामीले अग्रज पत्रकार सहित सबैसित सल्लाह सुझाव लिएर अघि बढ्ने उल्लेख गरे ।

ताजा समाचार

सम्बन्धित समाचार