कञ्चनपुरमा प्रहरी गोलीकाण्ड ःअछाम घर भएका घाइते जवान महाकालीमा उपचार सम्भव नहुदा धनगढी रेफर

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको प्रबन्ध शाखामा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैंलाई गोली हानी गम्भीर घाइते भएका छन्। शुक्रबार बेलुकी साढे ६ बजे कार्यालयको हतियार राख्ने कोठाभित्र उनले पेस्तोल प्रयोग गरी आफूमाथि गोली चलाएका थिए।

प्रहरीका अनुसार, गोली उनको निधारमा लागेको छ। घाइते न्यौपानेलाई तत्काल महाकाली अस्पताल पुर्याइएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि अहिले धनगढी रेफर गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार, न्यौपाने फाइरिङ तालिममा संलग्न थिए। हातहतियार मिलाउने र रेकर्ड राख्ने जिम्मा उनीमाथि थियो। घटना कसरी र किन भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

न्यौपाने अछाम जिल्लाका स्थायी बासिन्दा हुन्। प्रारम्भिक जानकारीअनुसार, यो घटना आत्महत्याको प्रयास हुनसक्ने आशंका गरिएको छ। तर, घटनाको विस्तृत कारण पत्ता लगाउन अनुसन्धान जारी छ

ताजा समाचार

सम्बन्धित समाचार