नेपाली सेनामा कार्यरत युवा उद्यमी जोशीले ऐठपुरमा खोले गारमेन्ट उद्योग

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नंम्बर ६ ऐठपुरमा श्रीयस तरुण सार्थक गारमेन्ट उद्योग सञ्चालनमा आएको छ । शुक्रबार एक कार्यक्रमकाबिच उद्योगको उद्धघाटन गरिएको हो ।

नेपाली सेनामा कार्यरत युवा उद्यमी भरत जोशीले गारमेन्ट उद्योग सञ्चालनमा ल्याएका हुन् । उद्योगको वडाध्यक्ष प्रकाश बहादुर चन्दले उद्धघाटन गरे ।
करिब ३० लाख बढी लगानीमा स्थापना गरिएको उद्योगमा १० जना बढीलाई प्रत्यक्ष रोजगारी दिईने सञ्चालक जोशीले बताए । उनका अनुसार देशमै रोजगारीको अवसर सिर्जनाका लागि गारमेन्ट उद्योग सञ्चालनमा ल्याईएको हो ।

उद्योगमा विद्यार्थी तथा खेलाडीका डे«स, अफिस युनिफर्म लगायत सबै किसिमको तयारी लुगा कपडा तयार गरिने उनको भनाई छ । साथै उनले युवा व्यवसाय प्रवद्र्धनका लागि सबैको सहयोग आवश्यक रहेको समेत उल्लेख गरे ।

उद्योगको उद्धघाटन गदैँ वडाध्यक्ष चन्दले उद्योग स्थानपनाले स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने बताए । उनले औद्योगीक क्षेत्रको विकासका लागि वडाले आवश्यक जनशक्ती उत्पादन गर्न आवश्यक सिप मुलक तालिमको सञ्चालन गर्ने योजना रहेको बताए । साथै उनले युवाहरुलाई स्व–उद्यमका लागि प्रेरणा गर्ने समेत बताए ।

ताजा समाचार

सम्बन्धित समाचार