बझाङमा बोलेरो जिप दुर्घटना हुदा चालक सहित ३ जनाको मृत्यु,विवरण सहित

Published by:

Published on:

ऐश्वर्या कुवँर महेन्द्रनगर । बझाङमा बोलेरो जिप दुर्घटना हुदा चालक सहित ३ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

जिल्लाको तलकोट गाउँपालिका २ शोकगाडमा विहिबार साझ से१झ ८४३ नम्बरका बोलेरोे जिप दुर्घटना हुदा बझाङ तलकोट गाउँपालिका ४ का वर्ष ३६ का बम बहादुर धामी, वर्ष ७२ कि जोगेनी धामी, र केदारस्युँ गापालिकाका जिप चालक वर्ष ३२ का समशेर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी युवराज भन्डारीले बताएका छन ।

भन्डारीका अनुसार जिपमा सवार ६ वर्षीय बालिका घाईते भएको र घाईते बालिकाको जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ । चार जना यात्रु सवार जिप तलकोट बाट चैनपुर बझाङ जादै गर्दा सडकबाट २ सय मिटर तल खसेको डिएसपी भन्डारीले बताएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार