महेन्द्रनगर । भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्षमा नीतिमा विद्यार्थीहरुका लागि हरेक शुक्रबार पाठ्यपुस्तक विनाको बुक फ्रि फ्राइडे मनाउने नीति समावेश छ । नगरपालिकाको नीति अनुसार सामुदायिक र संस्थागत विद्यालयहरु शुक्रबार पठनपाठन बाहेक अन्य क्रियाकलाप गर्न थालेका छन् ।
शुक्रबार इन्टरनेशनल पब्लिक स्कुलले बुक फ्रि फाइडेमा विद्यार्थीहरुलाई योग अभ्यास गराएको छ । कक्षा ५ देखि ९ का विद्यार्थीहरुलाई शुक्रबार विहान १० बजेदेखि मध्यान्हसम्म योग प्रशिक्षकहरुले योग अभ्यास गराएका छन् ।
यितगक ष्लकतष्तष्तभ
‘भीमदत्त नगरपालिकाले आफ्नो नीतिमा बुक फ्रि फ्राइडे मनाउने ल्याएपछि त्यसलाई सफल पार्न शुक्रबार विद्यार्थीहरुलाई पठनपाठन नगरी अन्य विभिन्न कार्यक्रम गर्दै आएका छौ’ इन्टरनेशनल स्कुल सञ्चालक समितिका अध्यक्ष गौराज बहादुर लिम्बुले भने,‘त्यस अनुसार आज स्पेशल रुपमा योग अभ्यास गराएका छौ, यो बाहेक अन्य क्रियाकलाप गरि रहेका छौ ।’
अध्यक्ष लिम्बुका अनुसार हरेक शुक्रबार विद्यार्थीहरु झोला नबोकेर विद्यालय आउने गरेका छन् । अघिल्लो साता बुक फ्रि फ्राइडेमा बक्तृत्वकला प्रतियोगिता गरिएको थियो ।
बुक फ्रि फ्राइडे विद्यार्थीहरुका लागि निकै उपयोगी हुने विश्वास लिम्बुले व्यक्त गरे । ‘यसबाट विद्यार्थीहरुको अन्र्तनिहित क्षमता बाहिर आउँछ, विद्यार्थीहरु पाठ्यपुस्तकमा मात्रै सीमित नभएर अन्य क्रियाकलाप पनि गर्न सक्ने हुन्छ’ उनले भने,‘त्यस कारण बुक फ्रि फ्राइडेलाई विद्यालयले विशेष प्राथमिकतामा राखेको छ ।’
शुक्रबार योग प्रशिक्षकहरु लवराज भट्ट, पवन कुमार पनेरु, शम्शेर बहादुर चन्द र ईश्वरी चन्दले विद्यार्थीहरुलाई योग अभ्यास गराए ।
विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्मका सबै विद्यार्थीहरु बुक फ्रि फ्राइडेमा सहभागी हुँदै आएको अध्यक्ष लिम्बुले बताए ।

