महेन्द्रनगर । लालझाडी गाउँपालिकामा छैटौँ गाउँपालिका स्तरीय तथा १५औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सकिएको छ ।
प्रतियोगितामा भानु मावि कञ्जले २१ स्वर्ण, १४ रजत र १६ कांस्य पदकसहित ५१ पदक जित्दै प्रथम स्थान हासिल गरेको छ ।
सरस्वती मावि छोटी पर्सियाले १४ स्वर्ण, ६ रजत र ९ कांस्य पदकसहित २९ पदक प्राप्त गर्दै दोस्रो स्थानमा रह्यो । त्यस्तै, श्री शारदा मावि नौरङ्गाले ८ स्वर्ण, ५ रजत र ७ कांस्य पदकसहित २० पदक हासिल गरी तेस्रो स्थान प्राप्त गरेको छ ।
प्रतियोगिता आयोजक स्वतन्त्र माविले १ स्वर्ण, ४ रजत र ३ कांस्य पदकसहित ८ पदक हासिल गरेको छ । समापन समारोहमा विजयी विद्यालयहरूलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको छ । यसका साथै, प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार प्रदान गरिएको आयोजक स्वतन्त्र माविका प्रधानाध्यापक जगन्नाथ भट्टले बताए ।