महेन्द्रनगर । कञ्चनपुरमा भेडाबाख्राहरुलाई पि पि आर रोग विरुद्धको खोप लगाईने भएको छ ।
यहि पुष २३ गते देखि भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कञ्चनपुरले सप्ताहव्यापी रुपमा भेडाबाख्रामा देखिने पि पि आर रोग विरुद्धको खोप लगाउने भएको हो ।
भेटेरिनरी अस्पताल विज्ञ केन्द्रका कञ्चनपुरका प्रमुख श्याम शिह खड्काले जिल्लाका सबै स्थानिय तहमा भेडाबाख्राहरुमा महामारीको रुपमा देखिने पि पि आर विरुद्धको खोप सप्ताहव्यापी रुपमा संञ्चालन हुने बताए ।पि पि आर विरुद्ध खोप लगाउनको लागि भ्याक्सिनेटरहरु परिचालन गरिएकाले सबैले आ आफ्नो भेडाबमख्राहरुलाई खोप लगाई रोग लाग्न बाट बचाउन हाग्रह गरेका छन् ।
