दयाहाङ र जितुको कार्साङु ले कति पायो शो रु

Published by:

Published on:

शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको अभिनेता दयाहाङ राई अभिनीत फिल्म ुकार्साङु को मल्टिप्लेक्स हलहरूले अग्रिम टिकट बिक्री खुलाएका छन्।

यो फिल्मलाई हलहरूले सुखद् शो दिँदै बुकिङ खुलाएका हुन्।

देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मलाई ५३ शो दिएको छ। काठमाडौंभित्रका आउटलेटमा २१ र बाहिर ३२ शो दिएको हो। आईएनआई सिनेमाजले १३ शो दिएको छ। एफक्युब सिनेमाजले ७ शो दिएको छ। अन्य मल्टिप्लेक्सले पनि बुकिङ खुलाउने तयारी गरेका छन्।

शेर्पा समुदायको कथावस्तुमा आधारित फिल्म ुकार्साङु यम शेर्पाले लेखन तथा निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङसहित जितु नेपाल, दीया मास्के, सिर्जना निङ्लेखु, बुद्धि तामाङ, रविन्द्र झा लगायत कलाकारहरूको अभिनय छ।

ीबहmष् दबलप
छायांकारसमेत रहेका पुरूषोत्तम प्रधान फिल्मको निर्माता हुन्। आङछिरिङ शेर्पा प्रस्तुतकर्ता हुन्।

२ घन्टा ५ मिनेटको ुकार्साङु ले सांस्कृतिक पृष्ठभूमिमा पारिवारिक सम्बन्धको कथा भन्नेछ।

मंसिर ७ गतेयता रिलिज भएका फिल्मले दर्शक तान्न नसकिरहेको अवस्थामा प्रदर्शनमा आउन लागेको ुकार्साङु ले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार