भम्केनी धामले सुदूरपश्चिमको धार्मिक पर्यटनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने ः गृहमन्त्री लेखक

Published by:

Published on:

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं।८ स्थित पवित्र धार्मिक स्थल भम्केनी धामको दर्शन गर्नुभएको छ ।

बिहीबार दिउँसो गृह जिल्ला कञ्चनपुर पुग्नुभएका मन्त्री लेखकले भम्केनी धामको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।

साबिकका ७५ वटै जिल्ला चिनाउने गरी जगत् गुरु मोहन शरण देवाचार्यको अगुवाइमा निर्माणाधीन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माण कार्यलाई साकार पार्न सके भम्केनी धामले सुदूरपश्चिमको धार्मिक पर्यटनमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेमा मन्त्री लेखकले विश्वास व्यक्त गर्नुभयो ।

भोलि ९शुक्रबार० कञ्चनपुरमा हुने एनप्याब्सनको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन मन्त्री लेखक कञ्चनपुर पुग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ ।

शुक्रबार नै नेपाली काँग्रेस कञ्चनपुरले पार्टी कार्यालय महेन्द्रनगरमा आयोजना गर्ने कार्यकर्ता भेटघाट कार्यक्रममा पनि मन्त्री लेखक सहभागी हुने जनाइएको छ ।

उहाँ शनिबार मात्रै काठमाडौँ फर्किने कार्य तालिका रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार