महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालको नयाँ कार्य समिति गठन भएको छ।
आज सम्पन्न भएको सञ्जालको नगर भेलाले दुर्गा कुमारी बडुवालको संयोजकत्वमा १३ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो। समितिको सह(संयोजकमा कबिर साउँद र नितु जोशी चयन भएका छन्। त्यस्तै सदस्यहरूमा सन्तोष भट्ट, दशरथ भट्ट, विष्णा सुनार, हिरा भट्ट, रत्ना ठकुरी, काँजल जोशी र प्रेम रोकाया सर्वसम्मत रूपमा चयन भएका छन्।
दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले उत्थानशील युवा सञ्जालले स्थानीय सरकारलाई सहयोग पुग्ने गरि आपत(विपद् साथै विकृति र विसंगतीको लागि रचनात्मक क्रियाकलापहरू गर्दै आएको बताउनुभयो। उहाँले नवनिर्वाचित कार्य समितिलाई बधाई दिँदै नयाँ किसिमले रचनात्मक काम गरेर दोधारा चाँदनी नगरपालिकामा नयाँ सन्देश दिन सञ्जाल सक्षम हुने विश्वास व्यक्त गर्नुभयो।
नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्ल्यूए० सुदृढ परियोजनाका कार्यक्रम संयोजक राज कुमार सुनारले दोधारा चाँदनी नगरपालिकाको समन्वयमा डीसीए नेपाल र एनएनएसडब्ल्यूएले उत्थानशील युवा सञ्जाल गठन गरेको बताउनुभयो। उहाँले अहिले नगरपालिकाको सहकार्यमा सञ्जालको नयाँ कार्य समिति चयन गरिएको जानकारी दिनुभयो। उहाँले नगरपालिकाको मातहतमा रहेर सञ्जालले स्वतन्त्र रूपमा जलवायु परिवर्तन अनुकुलन, विपद् व्यवस्थापन र अन्य क्षेत्रमा समेत प्रभावकारी रूपमा रचनात्मक क्रियाकलाप गर्ने तर्क गर्नुभयो।
उत्थानशील युवा सञ्जाल दोधारा चाँदनीका नवनिर्वाचित संयोजक दुर्गा कुमारी बडुवालले सञ्जालले दोधारा चाँदनी नगरपालिकाको विपद् व्यवस्थापन र नगरपालिकाको समग्र हितलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो। उहाँले नगरपालिकाको प्रभावकारी परिचालन साथै एनएनएसडब्ल्यूए र निड्स नेपालको निरन्तर मार्गदर्शन र सहयोगको अपेक्षा गर्दै सञ्जालले सक्रियताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
युवाहरूलाई सामाजिक कार्यप्रति उत्तरदायी तथा जिम्मेबार बनाउन साथै विपद्को समयमा स्व(स्फुर्त रूपमा सहयोग पुर्याजउने उद्देश्यले नेपाल राष्ट्रिय समाज कल्याण संघ एनएनएसडब्ल्यूए र डीसीए नेपालको सहयोगमा नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जाल गठन गरिएका छन्। उत्थानशील युवा सञ्जालले जलवायु परिवर्तन अनुकुलन, विपद् व्यवस्थापन र अन्य समाजिक कार्यमा रचनात्मक क्रियाकलापहरू गर्दै आएको छ।

