महेन्द्रनगर । राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा द्वन्द पीडित तथा एकल महिला विकास केन्द्रले संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालयमा आयोजित एक कार्यक्रमका माझ जिल्लाका प्रमुख सहित सरोकारवालासंग भुकम्पबाट कसरी बच्ने भन्ने विषयमा शान्तिका लागि स्थानीय क्षमता कार्यक्रम अन्र्तगत कार्यक्रम गरिएको छ ।
केन्दका अध्यक्ष सिता बोहराको अध्यक्षतामा गरिएको कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा प्रमुख अतिथि थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा, सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेल, प्रहरी उपरीक्षक चक्रराज जोशी लगायतका सहभागी भएका छन् ।
कार्यक्रममा सहभागिहरुले भुकम्पको विपदबाट पुर्व तयारी र सुरक्षाका सवालमा छलफल संगै संवाद गरिएको थियो । प्रमुख अतिथि बोहराले भुकम्पबाट सच्न सबैले सावधानी अपनाउनु पर्नेमा जोड दिनु भयो । उनले भने “प्रकृतिक विपत्तीबाट बच्ने संरचना बनाउनु आवश्कता रहेकाले सबैले भुकम्प प्रतिरोधी घर बनाए मात्र पनी धनजनको क्षति हुनबाट धेरै बच्न सकिने बताए ।”
प्रमुख जिल्ला अधिकारी सापकोटा विपद् व्यवस्थापन सम्बन्धि अहिले स्थानिय तहलेनै उचित मापदण्डका साथ भुकम्प प्रतिरोधि घर निर्माण देखि सुरक्षाका सवालमा नागरिकलाई सजक बनाउनु पर्ने धारणा व्यक्त गरे । उनले भने “प्रशासन राज्यको प्रतिनिधि भए पनी अधिकारका सवालमा अहिले संघ देखि स्थानिय तह सम्मलाई आ आफ्नै अधिकार रहेकाले सबैले उत्तीकै जिम्मेवार भएर प्राकृतिक विपत्तीका सवालमा काम गर्नु पर्ने बताए ।”
सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले भने हाम्रो देश नेपाल भुकम्पीय दृष्टिकोणले एघारौ स्थानमा रहेकाले पनी विपद् जहिले जुनसुकै समयमा पनी आउन सक्ने भएकाले आफै सबैले सजक हुनुपर्ने बताए ।
उनले भने “अन्य देशका तुलनामा भुकम्पबाट नेपालमा बढी क्षति हुनु भनेको हामिले भुकम्प प्रतिरोधी संरचना बनाउन र त्यस सम्बन्धि उचित ज्ञानको कमी मुख्य कारण भएकाले यसबारेमा सबैले सचत हुनुपर्ने बताए ।”
कञ्चनपुरका प्रहरी प्रमुख चक्रराज जोशीले विपदका सवालमा सबै नागरिलाई सचेत गराएर सुरक्षाका सावालमा समेत जानकार गराउन राज्यका सबै पक्षले ध्यान दिनु पर्ने धारण राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष सिता बोहराले संस्थाले गरिरहेका कार्यका बारेमा सहभागिहरुलाई जानकारी दिदै द्धन्द पडित तथा एकल महिला विकास केन्द्रले २०६५ साल देखिनै सामाजिक उत्थान, महिला शसक्तीकरण र सचेतनाका सवालमा उल्लेखिनीय कार्य गरिरहेको बताउदै सोहि अनुरुप राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा संवाद कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा सहभागिहरुले भुकम्पबाट जोगिने विषयमा संवाद गरेका थिए ।
