पुर्चौंडीका नगरप्रमुख बमले यसरी मनाए जन्मउत्सव

Published by:

Published on:

बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकाका नगर प्रमुख दिपकबहादुर बमले आफ्नो जन्मदिनको अवसरमा बिरामीहरुलाई फलफूल वितरण गरेका छन् ।

हाट स्वास्थ्यचौकीमा उपचारका लागि आएका बिरामीहरुलाई उनले फलफूल वितरण गरेका हुन् ।

जन्मदिनको अवसर पारेर हाट स्वास्थ्यचौकीमा पुगेका नगर प्रमुख बमले नगर सरकारले स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको बताए । नगरपालिका मातहत रहेका स्वास्थ्य संस्थाहरुबाट प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने बिषयमा आफू गम्भीर रहेको उनले बताए ।

यस्तै नगरबासीहरुको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन नगरपालिका सदैव लागिरहेको बताउँदै नगर प्रमुख बमले उपलब्ध श्रोतसाधनबाट नगरबासीहरुलाई अधिकतम सेवा प्रदान गर्न आग्रह गरे ।

ताजा समाचार

सम्बन्धित समाचार