सुदुरपश्चिकी पहिलो महिला चालक रविनालाई भीमदत्तले गर्यो सम्मान

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले सुदुरपश्चिमको पहिलो महिला चालक रविना चन्दलाई दोसल्ला ओढाई सम्मान गरेको छ ।

बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिका ४घर भएकी १९ बर्षीया चन्दलाई बिहिबार नगरपालिकाले दोसल्ला र मायाको चिनु प्रदान गर्दै सम्मान गरेको हो । रविनाको कामको प्रसशा गर्दे भीमदत्त नगरपालिकाकी नगर उपप्रमुख निलम लेखक जोशीले सार्वजनिक यातायातका साधनहरुमा महिला चालकको सहभागिता बढ्दै गए महिलाहरू सक्षम हुँदै जाने बताईन् ।

पछिल्लो समयमा ‘पुरुष चालकहरू अधिकांश हुइएकिर गाडी चलाउने, मापसे सेवन गर्ने र जसले दुर्घटना समेत निम्त्याउने गरेको देखिन्छ’–उनले भन्नुभयो ‘महिलाहरूको सहभागीताले महिलाहरुको सुरक्षित यात्रा हुन्छ । रविना सुदुरपश्चिमका पहाडी जिल्ला तथा कैलाली र कञ्चनपुर सम्म सार्बजनिक सवारीसाधन बोलेरो जिप चलाउने पिहिलो साहसी,निडर महिला चालक हुन । बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ मा हुर्केकी रविना विगत एक वर्ष देखि पहाडका डरलाग्दा घुम्ती,मोड,अनि भिरपाखामा बोलेरो चलादै आईरहेकी छन् ।

त्यती मात्र नभई उनी बोलेरो संगै तराईका जिल्ला झरेपछी सवारी बोक्ने मात्र नभई व्यापारीहरुले माग गरेको व्यापारीक प्रयोजनका सरसमान समेत पहाड लैजाने गरेको बताउछन्। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ का डबल बहादुर चन्दकी १९ वर्षीया छोरी रबिनाले एक वर्ष पहिले सवारी चालक अनुमति पत्र बनाएकी थिईन । घरमा गाडी भएपनी सवारी चालक छोड्ने र नयाँ राख्नुपर्ने समस्या बेहोर्नु परेपछि सवारी चालक बन्ने निर्णय लिएको रविनाले बताउनुभयो । ‘घरमा जिप थियो तर सवारी चालक राख्ने तर छोड्ने, समस्याले बाबाले मलाई सवारी चालक बन्न भन्नुभयो, अनि मैले पनि आट गरे र जिप चलाउन सिके, सवारी चालक रविानाले भनिन् ‘मलाई सवारी चालक बन्ने प्रेरणा बुवाले नै दिनुभएको हो ।’


अन्य बेरोजगार युवासाथीहरुलाई पनि सवारी चालक बन्न उत्पेरणा र तालिम दिने रविनाले बताउईन । ‘आत्मनिर्भर बन्नको लागि अन्य साथीहरुलाई सवारी चलाउन सिक्नुहोस भन्छु, तालिम दिन्छु,’ रविनाले भनिनन् ‘बेराजगार बस्नुभन्दा गरेर खाने हो, के हुन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार