बैतडीका सुरेन्द्र रुपन्देहीमा मृत फेला, गाउँ नै शोकमा

Published by:

Published on:

पोखरा । रुपन्देहीमा एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

बुटवल उपमहानगरपालिका वडा नं ७ शिवनगरस्थित सामुदायिक वनमा रुखमा झुन्डिएको अवस्थामा एक पुरुष मृत फेला परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

प्रहरीका अनुसार बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका वडा नं ८ कालागाँउ घर भएका अन्दाजी २५ बर्षीय सुरेन्द्र विष्ट शुक्रबार अपराहन्न ४ बजरे १० मिनेटको समयमा उक्त वनमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको हुन्।

प्रारम्भिक अनुसन्धानमा बायाँ जुत्ताको तुनाले आफैँले पासो लगाएको देखिएको छ।

उनको खल्तीमा नागरिता भेटिएको र त्यसकै आधारमा उनको नाम, ठेगाना खुलेको प्रहरीले बताएको छ।

अहिले पोष्टमआटम लागि अस्पताल ल्याईएको र थप विवरण पोष्टमआटमपछि आउने जनाइएको छ। घटनाबारे अनुसन्धान भईरहेको रुपन्देही प्रहरीले जनाएको छ। उनी भीमदत्त बहुप्राविधिक शिक्षालय पाटन बैतडीमा कार्यरत थिए।

यो खबर थाहा पाएपछि गाउँ नै शोकमा डुबेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार