‘बाकावीर’ र ‘लोकराज’लाई शहीद घोषणा गर्न सुदूरपश्चिम सरकारको सिफारिस

Published by:

Published on:

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले बाकावीर र लोकराज ढकाललाई शहीद घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको छ।

प्रदेश मन्त्रीपरिषद्को सोमवारको बैठकले अछामको ककड शान्ता मोतिपुरकोट जन्मेका बलदेव शाह ९बाकावीर० र कैलालीको लम्कीचुहा नगरपालिका –४ कौवापुरका लोकराज ढकाललाई शहीद घोषणाका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।

बाकावीर र लोकराज ढकालको योगदानको कदर गर्दै मन्त्रीपरिषद्बाट सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारले जनाएको छ। बाकावीरलाई जिल्ला समन्वय समिति अछामको सिफारिस र ढकाललाई लम्की चुहा नगरपालिकाको सिफारिसको आधारमा पनि उनीहरूको योगदानको कदर गर्दै मन्त्रीपरिषद्बाट सिफारिस गरी गृह मन्त्रालयमा पठाउने निर्णय गरेको हो।

बाँकावीरले राणाहरूले अछामी जनतामाथि गरेको अत्याचारविरुद्ध बहादुरीपूर्ण लडाइँमा सहादत प्राप्त गरेका थिए। सामान्य जीवनमा पनि कसैले बहादुरका साथ काम सम्पन्न गरे उसलाई यो बाकाबीर हो भन्ने गरिन्छ। वि।सं। १९०६ सालमा बाकावीरले राणाविरुद्ध विद्रोह गर्न खोजेको इतिहासकार बताउँछन्।

त्यस्तै, कैलालीको कौवापुरका लोकराज ढकाललाई सशस्त्र द्वन्द्वताका सुदूरपश्चिममा विद्रोही पक्षबाट मारिने पहिलो व्यक्तिको रूपमा लिइन्छ। उनको २०५५ माघ ४ गते घरमा सुतिरहेको अवस्थामा विद्रोही माओवादी पक्षबाट हत्या गरिएको थियो। उनी तरुण दल कैलालीका सदस्य पनि थिए।

ताजा समाचार

सम्बन्धित समाचार