महेन्द्रनगर । जिल्लाको वेदकोट नगरपलिका दैजी बजारमा एक पसल सञ्चालक व्यवसायीको आगलागीबाट पसल नष्ट भएपछि स्थानीय व्यापारीले संकलन गरेर नगद सहयोग गरेका छन् ।
केही दिन अघि बेदकोट नगरपालिका १ का स्थानीय समेत रहेका मदन राज भट्टले दैजी बाजारमा सञ्चालन गरेको न्यु भट्ट किराना लगायत खाध्यान्न र फलफूल तरकारीको होलसेल तथा खुद्रा पसलमा आगलागी हुदा सम्पूर्ण माल सामानहरु पूर्ण रूपमा नष्ट भएका व्यवसायीलाई दैजीका व्यापारीले उठाएर नगद सहयोग गरेका हुन ।
विहिबार आगलागीबाट पिडित व्यापारीलाई दैजी बजारका सम्पूर्ण व्यवसायिले संकलन गरेको २ लाख ३८ हजार ५ सय पाँच रूपयाँ नगद सहयोग गरेका छन् । पिडित व्यवसायीलाई थोरै भएपनि राहात पुगोस भन्ने उदेश्यले संकलन गरेर नगद सहयोग गरिएको दैजी बजार व्यवस्थापन समितिका अध्यक्ष तेज ठकुल्लाले कञ्चनपुर खबरलाई बताउनु भयो ।
यहि माघ ७ गते अन्दाजी १० ः३० बजे राति दैजी चौराहमा सुरक्षार्थ खटिएका अस्थायी प्रहरी पोष्ट दैजीका प्रहरीहरुले आगो लागेको थाहा पाएपछि आगो नियन्त्रणका लागी क्रमशः वेदकोट नगरपालिका, भिमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका दमकललाई गुहारे पश्चात् आगो नियन्त्रणमा ल्याईएको थियो ।
अन्दाजी ११ः ३० बजे तिर भिमदत्त र शुक्लाफाँटा नगरपालिकाका दमकल घटना स्थलमा पुगि लामो प्रयास पछि आगो नियन्त्रणमा गर्न सफल भए पनि समयमै दमकल पुग्न नसक्दा पसलका सामान पूर्ण रूपले नष्ट भएका थिए ।
२र३ कि।मि। को दुरीमा रहेको सम्बन्धित स्थानीय वेदकोट नगरपालिकाको दमकल समयमै घटना स्थलमा पुग्न नसक्दा पसल जलेर खरानि भएको आरोप स्थानियको छ । भिमदत्त र शुक्लाफाँटा नगरपालिकाका दमकलले आगो नियन्त्रण गरिसके पछि मात्र सबै भन्द नजिक रहेको वेदकोट नगरपालिकाको दमकल पुगेपछि स्थानियले आक्रोश व्यक्त गरेका थिए ।
दैजी बजार व्यवस्थापन समितिका अध्यक्ष तेज बहादुर ठकुल्लाको अध्यक्षतामा भेला भई उक्त न्यू भट्ट किराना पसलका संचालक मदन राज भट्ट लाई पनरस्थापनाका लागि दैजी बजारका सम्पूर्ण व्यवसायीहरुले आर्थीक सहायोग गर्ने भन्ने निर्णय भएको थियो ।
त्यसै अनुरुप दैजी बजारका अध्यक्षको नेतृत्वमा नगद संकलन गरि मिति आज एक कार्यक्रमका विच संचालक मदन राज भट्टलाई सार्वजनीक कार्यक्रम गरि हस्तान्त्रण गरिएको दैजी बजार व्यवस्थापन समितिका अध्यक्ष ठकुल्लाले बताए ।
ऊक्त कार्यत्रमा दैजी चोकमा डिउटिमा खटिका प्रहरी सहायक हवल्दार दिपक नगारी, प्रहरी जवान महेश राज भट्ट र दैजी अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गणेश साउँद लाई सम्मन गरिनुका साथै भिमदत्त नगरपालिका र शुक्लाफाटा नगरपालिकालाई धन्यवाद प्रकट गरिएको थियो । यस्तै वेदकोट नगरपालिकालाई समयमै आकस्मिक सेवा प्रदन नगरेको भन्दै आलोचना समेत गरिएको थियो ।