महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका ७ सुडामा मोटरसाईकल दुर्घटनामा परि घाईते भएका हरिस खुनाको मुत्यु भएको छ । विहीबार साझ नवनिर्मित सुडा कलर्भटमा मोटरसाईकल दुर्घटनामा परि खुना गम्भीर घाईते भएका थिए ।
दुर्घटनामा घाईते भएका खुनाको उपचारका क्रममा बिहीवार राति १०ः४५ बजे नवजिवन अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाको छ ।
राजमार्ग स्थित बेदकोट नगरपालिका(७ सुडामा बेलौरी नगरपालिका(८ का २१ वर्षीय अमृत चौधरीले चलाएको म ३ प १४७१ नम्बरको मोटरसाईकल बिहीवार साँझ दुर्घटना भएको थियो ।
