एलिनाले पति विष्णुबिरुद्द लगाइन् यस्तो आरोप

Published by:

Published on:

काठमाडौँ । गायिका एलिना चौहानले पति विष्णु सापकोटासँग डिभोर्सका लागि मुद्दा दर्ता गरेकी छन् ।

उनले अंश वा माना चामल नलिने सर्तमा सम्बन्ध विच्छेदका लागि काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी हुन् ।

शुक्रबार दर्ता गरिएको फिरादमा उनले विष्णुले आफ्नो चरित्रमाथि शंका गरेको र वैवाहिक जीवन सुमधुर नभएको उल्लेख गरेकी छन् ।

लामो समय प्रेम सम्बन्धमा रहेका झापा निवासी एलिना र बागलुङका विष्णुले वैशाख ५ गते विवाह गरेका थिए । विष्णु अस्ट्रेलियामा बस्छन् र विवाहपछि एलिना पनि त्यहाँ गएकी थिइन्। तर, छोटो समयमै उनी नेपाल फर्किएपछि यहीँ बस्दै आएकी छन् ।

एलिनाले आफूमाथि हिंसा भएको वारेसमार्फत पठाएको मुद्दामा उल्लेख गरिएको छ ।

‘म कलाकारिताको क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिलेकाहीँ केही अबेरसम्म पनि बस्नु पर्ने हुन्थ्यो । तर विपक्षी पतिले अनेक शंका उपशंका गर्ने, कार्यक्रमको बीचमा नै फोन गरेर तुरुन्त घरमा आइज भनी मलाई मेरो काममा समय दिन पनि बाधा पुर्‍याउने गर्दा मनमुटाव हुने भइरहन्थ्यो’, उनले सम्बन्धविच्छेदको मुद्दासम्बन्धी निवेदनमा भनेकी छन्, ‘बिहे गरेर म अस्ट्रेलिया गएकी थिएँ । त्यस्तैमा तीन महिनाको अस्ट्रेलिया बसाइपछि म नेपाल फर्किएँ । नेपाल फर्किएपछि पनि कलाकारिताको क्षेत्रमा हुने विभिन्न कार्यक्रममा ब्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका(उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा‘।’

उनले विपक्षी भनिएका पतिले राम्रो व्यवहार नगरेकैले सम्बन्ध सुमधुर नहुँदा छुट्टिने निर्णय गरेको उल्लेख गरेकी छन् ।

‘‘हामी दुईबीको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्ने देखेर म फिरादी र विपक्षी पतिबीच भावनात्मक रुपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पति पत्नीको सम्बन्धमा रहनु बस्नुभन्दा मुलुकी देवानी कार्यविधि संहिता, २०७४को दफा ९५ ९ग० का आधारमा सम्बन्धविच्छेद गरी स्वतन्त्र भई आ(आफ्नो जीवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश(माना, चामल नलिने गरी यो फिरादपत्र लिई सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु ।’

उनले विपक्षी भनिएका विष्णुलाई अदालतमा झिकाई कायम रहेको पति(पत्नीको नाता सम्बन्ध विच्छेद गराउन पनि माग गरेकी छन् ।

ताजा समाचार

सम्बन्धित समाचार