भीमदत्त द्धारा महिला जनप्रतिनिधिहरुलाई क्षमता विकास तालिम

Published by:

Published on:

महेन्द्रनगर । निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि दुई दिने क्षमता विकास तालिमको बुधबार समापन गरिएको छ । भीमदत्त नगरपालिकाले आयोजना गरेको निर्वाचित महिला जनप्रतिनिधिहरुका लागि दुई दिने क्षमता विकास तालिमको बुधबार समापन गरिएको हो ।

भीमदत्त नगरपालिकाका १९ वटै वडामा रहेका ३८ जना महिला जनप्रतिनिधिहरुलाई दुई दिने क्षमता विकास तालिम दिईएको भीमदत्त नगरपालिकाकी नगर उपप्र्रमुख तथा कार्यवाहक नगर प्रमुख निलम लेखक जोशीले बताईन्। सहभागी निर्वाचित महिला जनप्रतिनिहरुलाई कानून,स्थिानिय सरकार संचालन ऐन २०७४ तथा समाजमा महिला जनप्रतिनिधिहरुले खेल्नु पर्ने भूमीकालाई थप प्रभावकारी बनाउन क्षमता विकास तालिमको आयोजना गरेको बताईन। उ

पप्रमुख जोशीले महिला जनप्रतिनिधि आफ्नो क्षमताले याँहासम्म पुगेको र यो भन्दा पनि उच्च पदमा पुग्न क्षमता बलियो राख्नुपर्नेमा जोड दिएकी छन् । सहभागी जनप्रतिनिधिहरुले नगरपालिकाले आयोजना गरेको क्षमता विकास तालिमले आफुहरुलाई समाजको सेवामा अझ सशक्त भई हिड्न अभिप्रेरित गरेको बताउछन् ।

ताजा समाचार

सम्बन्धित समाचार