मिनिबस दुर्घटनाहुदा महाकुम्भमा स्नान गरी फर्किएका सात जनाको मृत्यु

Published by:

Published on:

एजेन्सी। भारतको मध्य प्रदेशको जबलपुर जिल्लामा मङ्गलबार सिमेन्ट बोकेको ट्रकसँग मिनिबस ठोक्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ। अन्य केही घाइते भएका छन् ।

मृतक दक्षिणी राज्य आन्ध्र प्रदेशका थिए । उनीहरू उत्तर प्रदेशमा चलिरहेको आध्यात्मिक चाड महाकुम्भमा स्नान गरी घर फर्किरहेका थिए ।

स्थानीय प्रहरीका अनुसार जबलपुरबाट कटानी तर्फ़ जाँदै गरेको ट्रक तीव्र गतिमा सडकको गलत दिशामा पसेर मिनिबस ठोक्किएको हो।

ताजा समाचार

सम्बन्धित समाचार