महेन्द्रनगर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले चालु आर्थिक वर्षको ६ महिनाको २९ करोड २५ लाख १३ हजार राजश्व संकलन गरेको छ ।
कार्यालयको चालु आर्थिक वर्ष २०८१÷ ०८२ को कुल राजश्व लक्ष्य ७४ करोड ५ लाख रहेको छ । कार्यालयले आवको साउन देखि पुष मसान्त सम्म २९ करोड २५ लाख १३ हजार राजश्व संकलन गरेको छ । कुल लक्ष्य को ३९.५० प्रतिशत हुन्छ ।
गत आर्थीक वर्ष २०८०÷०८१ कञ्चनपुर भन्सार कार्यालयको राजश्व लक्ष ५९ करोड ६९ लाख ६ हजार रहेको थियो भने कार्यालयले ५४ करोड ३८ लाख ९१ हजार अथवा कुल राजश्वको ९१.१२ प्रतिशत राजश्व असुलि गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
कञ्चनपुर भन्सार कायर्यालय गड्डाचौकीका प्रमुख राजन बाबु काफ्लेले चालु आर्थिक बर्षको साउन देखि पुष सम्म कार्यालले ३५ करोड ७ लाख ६९ हजार राजश्व तोकेको बताएका छन् जसमध्य आश्विन र कार्तिक महिनामा नब्बे प्रतिशत राजश्व असुली गर्ने लक्ष्य रहेको बताए । भने सो मध्य २९ करोड २५ लाख १३ हजार कुल राजश्वको ३९. ५० प्रतिशत संकलन भएको जानकारी दिए ।
जुन लक्ष्य अनुसारको १५ प्रतिशत असुलिमा कमी देखिन्छ । प्रमुख काफ्लेले प्रत्येक चालु आर्थिक बर्ष कार्यालयले राजश्व संकलनको दायरा बढाउदै गएको बताए । तर सरकारले गड्डाचौकी सिमानाकाको समस्यालाई नजर अन्दाज नगर्दा लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको बताए ।
सिमित ब्यापारी, जिर्ण बन्दै गईरहेको बनबसा पुल,जसमा मालवाहक ठुला सवारी साधन आवत –जावतमा कठिनाई जस्ता झन्झटिलो समस्याले गर्दा ब्यापारीहरुले यो नाका कम प्रयोग गर्छन,त्यसैले गर्दाे राजश्व संकलनमा गिरावट आएको बताए ।
त्यस्तै सावन महिनाको लक्ष्य ५ करोड ६६ लाख रहेको थियो भने ४ करोड २६ लाख ६६ अजार संकलन भएको छ भाद्रमा ६ करोड २२ लाख ८ हजार लक्ष्य थियो भने ४ करोड ९२ लाख २२ हजार संकलन,असोजमा महिनामा ५ करोड ९० लाख १८ हजार लक्ष्य रहेको थियो भने ५ करो ३९ लाख ६४ अजार राजश्व संकलन,कार्तिक महिनाको राजश्व लक्ष्य ५ करोड ९० लाख १ हजार रहेको थियो भने ५ लाख ३३ लाख ६ हजार संकलन,मंसिर महिनामा लक्ष्य ६ करोड ६ लाख ६३ हजार रहेको थियो भने ४ करोड ६७ ८६ हजार संकलन,पौष महिनाको लक्ष्य ६ करोड दुई लाख १६ हजार रहेको थियो भने ४ करोड ६३ लाख १० हजार राजश्व संकलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
प्रमुख काफ्लेका अनुसार कञ्चनपुर भन्सार कार्यालयबाट तरकारी,फलफूल,गुड,मिस्री,कपडा,हार्डवेयरका समान लगाएत कृषिजन्य समाग्रीहरु भन्सार कार्यालयबाट आयात हुने गर्दछ। यसै गरी निर्यात हुने समान मध्ये रिठा र हस्तकलाका सामाग्री भारत निर्यात हुने गरेका छन् ।