कञ्चनपुरमा २५ हजार बढी बालिकालाई लगाइयो एचपीभी खोप

Published by:

Published on:

महेन्द्रनगर । माघ २२ गतेदेखि कञ्चनपुरमा पनि एकै साथ सुरु गरिएको एचपीभी खोप अभियान अन्तर्गत २५ हजार ५४० बालिकाहरुले उक्त खोप लगाएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार, जिल्लाका नौ ओटै पालिकामा खोप अभियान सम्पन्न भएको हो । जिल्लामा मंगलबार सम्म ९४ प्रतिशत बालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय कन्चनपुरले जनाएको छ । छुटेकाहरुलाई भने स्वास्थ्य कार्यालयमा फागुन ६ गतेसम्म पनि खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय कन्चनपुरका प्रमुख ओम प्रकाश जोशीका अनुसार, कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ बर्षका किशोरीहरुलाई खोप लगाइएको छ ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध देशभर संचालित खोप अभियान कन्चनपुरमा पनि सञ्चालन गरिएको हो ।

जस अन्तर्गत कृष्णपुर नगरपालिकामा ९० प्रतिशत अर्थात ३ हजार ६५८ , शुक्लाफाटा नगरपालिकामा ८९५ ,२ हजार ७६६, बेदकोटमा ९५ ५, अर्थात २ हजार ७०४, भीमदत्तमा ९३५ अर्थात ६ हजार २७०, दोधारा चादनीमा ९६५ अर्थात २ हजार ५८१, लालझाडी गाउँपालिकामा ९८५ अर्थात १ हजार १०९, पुनर्वास नगरपालिकामा ९७५ अर्थात ३ हजार २०१, बेलौरी नगरपालिकामा ९६५ अर्थात २ हजार २०१ र बेलडाँडी गाउँपालिकामा ९७५ अर्थात १ हजार ५० जना किशोरीहरुलाई खोप लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख जोशीले जानकारी दिए ।

जिल्लाभरीका २७ हजार २ सय ६८ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य रहेको छ । जिल्लामा फागुन ६ गतेसम्म अभियान जारी रहने कार्यालय प्रमुख जोशीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार