पशुपति पुगेर गृहमन्त्रीले लिए सुरक्षा अवस्थाबारे जानकारी

Published by:

Published on:

महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले पशुपति क्षेत्र पुगेर शिवरात्रीको सुरक्षा व्यवस्थाबारे जानकारी लिएका छन्।

शिवरात्रीको पूर्वसन्ध्यामा गृहमन्त्री लेखकले पशुपति क्षेत्र पुगेर सुरक्षा व्यवस्थापन र त्यसको अवस्थाको जानकारी लिएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एआइजी टेक तामाङ, एसएसपी विश्व अधिकारी, एसपी अपिलराज बोहोरा पनि त्यहाँ पुगेका थिए। अधिकारीले मन्त्री लेखकलाई सुरक्षाबारे जानकारी दिएका हुन्।

शिवरात्रीमा त्यहाँको सुरक्षा व्यवस्थापन गर्न परिसरले एसपी बोहोराको कमाण्डमा ३५ सय भन्दा बढी प्रहरी खटाउँदैछ।

सवारी साधन व्यवस्थापनका लागि करिब ९ सय ट्राफिक खटिँदैछन्।

ताजा समाचार

सम्बन्धित समाचार