बैतडीमा गाउँले दाजुको गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको मृत्यु

Published by:

Published on:

महेन्द्रनगर । बैतडीमा लेनदेन विवादका क्रममा भएको गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्र बिष्टको मृत्यु भएको छ।

लेनदेनको विवादका क्रममा भएको गोली प्रहारबाट गम्भीर घाइते भएका दोगडाकेदार गाउँपालिका(८ का २२ वर्षीय सुरेन्द्र बिष्ट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोही गाउँका दाइ नात पर्ने करिब ४५ वर्षीय कर्ण विष्टले शनिबार राती करिब साढे ९ बजेको समयमा गोली प्रहार गर्दा गम्भीर घाइते भएका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ताले जानकारी दिएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार