कञ्चनपुरका १९ वर्षीय पुष्कर कलौनी १० दिनदेखि बेपत्ता, परिवार चिन्तित

Published by:

Published on:

महेन्द्रनगर । वेदकोट नगरपालिका वडा नम्बर १० निवासी १९ वर्षीय पुष्कर कलौनी फागुन १० गते साँझ ४स्३० बजेबाट सम्पर्क विहीन भएका छन्।

परिवारजनका अनुसार उनी सुस्त मनोस्थिती भएका व्यक्ति हुन् र लठ्याङ्ग्री हिँड्ने गर्दथे। बेपत्ता भएको १० दिन बितिसक्दा पनि कुनै पत्तो नलागेपछि परिवार निकै चिन्तित र व्याकुल बनेका छ।

पुष्करका दाइ भुवन कलौनीका अनुसार उनी हराउने बेला होलीको टी(सर्ट लगाएका थिए। उनी प्रायः घर वरपर मात्र घुमफिर गर्ने गर्थे, तर उक्त दिन घरबाट बाहिरिएपछि हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। परिवारजन र स्थानीय बासिन्दाहरू मिलेर व्यापक रूपमा खोजी कार्य जारी राखेका छन्।

परिवारले प्रहरी प्रशासनलाई घटनाबारे जानकारी गराइसकेका छन् र सबैलाई खोजी कार्यमा सहयोग गर्न अनुरोध गरेका छन्। यदि कसैले पुष्करलाई देखेमा वा उनको बारेमा कुनै जानकारी पाएमा, तत्काल परिवार वा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।

सम्पर्क व्यक्ति
भुवन कलौनी दाइ – ९८६९८००५६८

ताजा समाचार

सम्बन्धित समाचार