महेन्द्रनगर । सुदुरपश्चिम विश्वविद्यालयका १३ सय ७७ विद्यार्थी दिक्षित हुने भएका छन्। यहि फागुन २५ गते हुने सुदुरपश्चिम विश्वविद्यालयको ५ औ दिक्षान्त समारोहबाट विश्वविद्यालयका १३ सय ७७ विद्यार्थी दिक्षित हुने भएका हुन ।
५ औ दिक्षान्त समारोहका लागि सुदुरपश्चिम विश्वविद्यालयका कुल पति सम्मानित प्रधानमन्त्री केपी शर्मा वली कञ्चनपुर आउने परीक्षा नियन्त्रक अनुराधा रोकायाले पत्रकार सम्मेलनमा बताएकी छन् ।
शुक्रबार केन्द्रिय क्याम्पसमा कत्रकार सम्मेलनको आयोजना गर्दै पाचाँै दिक्षान्त समारोहको बारेमा थप जानकारी गराएको हो । दिक्षान्त समारोहमा विश्वविद्यालय अल्मोडा उत्तराखन्ड भारतका सोबन सिंह जिना भाइस चान्सलर,प्रोफेसर सत्पाल सिंह विष्ट प्रमुख अतिथि रहने रोकायाले बताईन ।रोकायाले दिक्षित हुने १३ सय ७७ रहेता पनि आवेदनमा छनोट भएका गाउन र टोपी लगाएर दिक्षित हुनेको सख्या भने ३ सय ७२ रहेको नियन्त्रक रोकायाले बताईन् ।
दिक्षित हुनेमा स्नातक,स्नातकोत्तर शिक्षाशास्त्र,कृषि विज्ञान,मानविकी तथा समाजिकशास्त्र,व्यावस्थापन, ,विज्ञान प्रविधि,इन्जिनियरिङ्ग गरी विभिन्न ६ वटा संकायका रहेका छन् । भने यसपटक एमफिल गरेका समेत दिक्षित हुने जानकारी रहेको छ ।
दिक्षित हुने मध्यबाट विभिन्न संकायका ११ जनाले पदक पाउने भएका छन् । पहिलो चान्सलर पदक सुदुरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसका शिक्षाशास्त्र संकायका पदम राज भट्ट रहेकान छन।्उनले ३.४० सिजिपिए अंक प्राप्त गरेका छन् । त्यस्तै भाइस चाल्सलर पदक कृषि विज्ञान संकाय स्नातक तहमा अध्यनरत कैलाली टिकापुरकी कुसुम तिमिल्सेना रहेकी छन् ।
उनले ३.९३ सिजिपिए अंक प्राप्त गरेकि छिन् । र अन्यले स्वर्ण पदक,पाउने छन्।परीक्षा नियन्त्रक अनुराधा रोकायाले ३ सय ३० अभिभावकहरुले दिक्षान्त समारोहमा सहभागिताका लागि निवेदन पेश गरिसकेका र र बाकि अभिभावक आउने क्रम जारी रहेको रोकाया भनाई रहेको छ।
