महेन्द्रनगर । निड्स नेपाल कञ्चनपुरले योजना तर्जुमाका चरणहरुबारे २ दिने तालिमको आयोजना गरेको छ ।
संस्थाले बेलडाँडी गाउँ पालिकामा रहेका स्थानीय विपद् व्ययावस्थापन समितिका सदस्यहरु र सी.डी.एम.सी.का प्रतिनिधि तथा कार्यपालिकाका सदस्यहरुलाई योजना तर्जुमाका चरणबारे २ दिने तालिमको आयोजना गरेको हो ।
बेलडाँडी गाउँपालिकाको समन्वय तथा अक्सफाम नेपालको सहकार्यमा गाउँ पालिकामा रहेका स्थानीय विपद् व्ययावस्थापन समितिका सदस्यहरु र सी.डी.एम.सी.का प्रतिनिधिहरुलाई योजना तर्जुमाका चरणबारे २ दिने तालिमको आयोजना गरेको हो ।
निड्स नेपाल स्कोप आर ३ परियोजनाका संयोजक ईश्वर उपाध्यायले बेलडाँडी गाउँपालिका विपद्को उच्च जोखिम मा रहेको पालिका बताउदै पछिल्लो समय विकास संरचना निर्माण गरिरहदा विकासले विनासको सम्भावना निम्त्याउदै आईरहेकोे कुरालाई मध्यनजर गर्दै संरचनाहरु विपद् मैत्री बनाउनु पर्नेमा जोड दिएका छन् । उपाध्यायले चौधर नदिको बाढिले गत विगतका दिनहरुमा बालिनालिमा गरेको क्षतिलाई समाधान गर्ने र बाढिबाट आउने विपद्को समाधानको लागि गाउँपालिकाले नयाँ योजना बनाउनु पर्ने बताए ।
उपाध्यायले हामिले संरचना पुल,कलर्भट होस् या घर निर्माण गर्दा होस् भुकम्प प्रतिरोध बनाउनु पर्ने बताए । उनले पालिकाले विकास
निर्माणका कुराहरुलाई विपद् संग जोडेर कसरी अगाडि बढान सकिन्छ,जो समुदायका योजना छन्,समस्या छन् ति समस्या समाधानका लागि पालिकाले कस्तो भूमिका खेल्न सक्छ,विपद् व्यावस्थापन सम्बन्धीका योजना पास गर्ने सक्छौ, भन्ने उदेश्यले २ दिने तालिमको आयोजना गरेको बताए ।
तालिममा विपद् पुर्व तयारी,योजना निर्माण,निती,कार्य निर्देशिका,क्षमता अभिवृद्धि तालिम,सुचना संयन्त्र निर्माण,आवश्यक उपकरण मर्मत सम्भार,आवश्यक सामाग्रि खरिद,शंकटासन्न क्षेत्र तथा जोखिमको आकलन,सेफ हाउस रहेको स्रोतहरुको अध्यन,लगाएत विषयमा छलफल चलेको थियो। तालिममा अधिवक्ता झंकर कुवँरले विपद् लगाएत विभिन्न विषयमा प्रस्तुतीकरण गरेका थिए।
