क्रान्तिकारी कम्युनिष्ट पाटी बैद्यको जनसम्बन्ध विस्तार अभियान सोमबारबाट सुरु

Published by:

Published on:

महेन्द्रनगर । क्रान्तिकारी कम्युनिष्ट पाटी ९बैद्य समुह०को जनसम्बन्ध विस्तार अभियान संचालन हुन लागेको छ । देशका कञ्चनपुर सहित चार स्थानबाट एकसाथ सोमबारदेखि अभियान संचालन हुन लागेको हो ।

क्रान्तिकारी कम्युनिष्ट पाटीका स्थायी कमिटि सदस्य एव ४ नम्बर अभियान टोलीका इन्चार्ज कृष्णराज पौडेलले यथास्थिति र प्रतिकृयावादी शक्तिहरुको बिरुद्धमा अभियान संचालन गर्न लागेको बताए । उनले ईतिहासका पाङगा कहिल्यै पछाडी नफर्किने बताए ।

क्रान्तिकारी कम्युनिष्ट पाटी कञ्चनपुरका इन्चार्ज राम बहादुर महरा९चिन्तक०ले गड्डाचौकीदेखि शुरु भएको अभियान जिल्लाको दोधाराचाँदनी, ब्रम्हदेब, भीमदत्त नगर, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर सहितका स्थानमा संचालन गरिने बताए । यस विचमा सहिद परिवारदेखि सरोकारवालासंग भेटघाट गरिनेछ।

ताजा समाचार

सम्बन्धित समाचार