भारतबाट घर फर्किएका बझाङ्गका बोहरा महेन्द्रनगरुबाट वेपत्ता, खोजीका लागि प्रहरी निवेदन

Published by:

Published on:

महेन्द्रनगर । भारतबाट घर फर्किएका बझाङ्गका एक जना महेन्द्रनगरुबाट वेपत्ता भएका छन् । बझाङ्गको बुङगल नगरपालिकाका बीर बहादुर बोहरा फागुन २९ गते महेन्द्रनगर बजारको चमनचोकबाट वेपत्ता भएका हुन् ।

बोहराका आफन्त मिन बोहराका अनुसार उनी साँझदेखि सम्पर्कमा आएका छैनन् । बोहराका घर परिवारले आफन्तले खोजीका लागि प्रहरीमा निवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयमा वेपत्ता भएको जानकारी सहित निवेदन दिइएको छ ।

बोहरा परिवारले उनको खोजीका लागि सहयोग गर्न सबैमा आग्रह गरेका छन् । वेपत्ता बोहराका काका हरिलाल बोहराले उनी भेटिएमा ९८०९४७५७८० मा सम्पर्क गरी सहयोग गरि दिन आग्रह गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार