मःम बनाउने कारखानामा कुकुरको टाउको भेटिएपछिंं……

Published by:

Published on:

एजेन्सी
नयाँ दिल्ली ।
भारतको पञ्जाबस्थित मोहालीमा महानगरपालिकाको मेडिकल टोलीले कुखुरा बेच्ने पसलहरूमा छापा मारेर लगभग ६० किलोग्राम बिग्रिसकेको फ्रोजन कुखुराको मासु जफत गरेको छ । छापा मार्ने क्रममा मःम बनाउने एउटा कारखानाको फ्रिजमा कुकुरको टाउको समेत भेटिएको दाबी गरिएको छ ।

उक्त कारखाना चलाउनेहरू विरुद्ध कारबाही गर्न प्रहरीलाई जानकारी गराइएको मोहालीका सहायक खाद्य सुरक्षा आयुक्त डा। अमृत वारिङले बताए । वितरणको लागि मःम र स्प्रिङ रोल बनाउने कारखानामा कुकुरको मासु प्रयोग गरिएको थियो कि थिएन भनेर अनुसन्धान भइरहेको बताइएको छ । मासु परीक्षणको लागि पशु चिकित्सा विभागमा पठाइएको छ । मोमोज, स्प्रिङ रोल र चटनीको नमुना पनि पठाइएको छ ।


विज्ञापन पोस्ट गर्नुहोस् सबै हेर्नुहोस्
घटनास्थलमा जमेको टुक्रा मासु र क्रसर मेसिन भेटिएको थियो । आइतबार प्रशासनलाई यस विषयमा जानकारी गराइएको थियो । स्थानीय बासिन्दाहरूको गुनासोपछि आइतबार र सोमबार मोहाली जिल्ला स्वास्थ्य अधिकारी ९डीएचओ०ले मटौर ९मोहाली० र वरपरका क्षेत्रहरूमा कारबाही गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयले भिडियोमा देखाइएका दुई स्थलहरूको भ्रमण गरेका थिए । त्यहाँ सडेको तरकारी, अस्वस्थकर फास्ट फूड र पकाएको खाना फेला पारिएको बताइएको छ ।

यस सम्बन्धमा विस्तृत प्रतिवेदन पेश गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएको छ । यसबाहेक, दर्ता नभएका विक्रेताहरूविरुद्ध कानुनी कारबाही भइरहेको छ ।

कारखाना सञ्चालन गर्ने विक्रेताहरू नेपालको भएको भनिएपनि नाम खुलाइएको छैन । छापा मारिएको समयमा स्थानीय मानिसहरू घटनास्थलमा भेला भएका थिए । यसैबीच कारखानाका कामदारहरूले भने फेला परेको टाउको मःम बनाउन प्रयोग नभएको तर उनीहरूले खाने जनावरको मासु भएको दाबी गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार