महेन्द्रनगर । कैलालीको चिसापानीमा निर्माण थालिएको जालपादेवी केवलकार उद्योगमा दर्ता भएको छ। होटेलमा दर्ता रहेको जालपादेवी पर्यटन उद्योगमासमेत दर्ता भएको हो।
कैलालीको चिसापानीमा जालपादेवी केवलकार निर्माणमा आईएमई समूहले चार अर्ब ४१ करो एक लाख ५८ हजार लगानी गर्ने भएको छ। विभागमा उक्त कुल पुँजी रहेने प्रतिबद्धतासहित केवलकार विभागमा दर्ता भएको हो।
२०८१ फागुन २५ गते ठूला उद्योगअन्तर्गत उद्योग विभागमा दर्ता भएको छ। समूहले केवलकारमा वार्षिक एक लाख ६० हजारलाई सेवा दिइने उल्लेख छ। दर्ता अभिलेखमा एक सय ६० जनालाई रोजगारी दिने उल्लेख छ। केवलकार शिलान्यास २०८१ पुस १३ गते परराष्ट्रमन्त्री आर्जु राणाले गरेकी हुन।
सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा केवलकारले महत्वपूर्ण भूमिका खेल्ने थापाको दाबी छ। सुदूरपश्चिम प्रदेश पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ। प्राकृतिक स्रोत एवं सम्पदाहरूले यो भूगोल सम्पन्न छ। सुदूरपश्चिम प्रदेशमा बन्ने केवलकार, होटेलसहितको भव्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठूलो उपलब्धि हुने अपेक्षा राखिएको उल्लेख गरिएको छ।
सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीमा निर्माण हुने केवलकार र रिसोर्टहरूले साहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढावा दिने आईएमई समूहले विश्वास लिएको छ। चिसापानीदेखि राजकाँडासम्म ३४ वटा गोन्डोला हुनेछन्।
चिसापानीमा केवलकारको तल्लो स्टेसन रहने छ। चिसापानीमा होटेल, क्यासिनो, ब्याक्वेट हल निर्माण गरिदैछ। राजकाँडामा रिसोर्ट, मन्दिर, स्काई वाक, पदमार्ग, रेस्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरू निर्माण हुनेछन्।
