महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा ट्याक्टर र स्कुटी आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
म १ त १०२० नम्बरको ट्याक्टरसँग सुपप्र ०२–००३ प ६७३२ नम्बरको स्कुटी ठोक्किँदा स्कुटी पछाडि सवार ४० वर्षीय प्रेम गिरी गम्भीर घाइते भएका थिए।
घाइते प्रेम गिरीलाई उपचारको लागि भारत लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उपचारका लागि धनगढीको मायामेट्रो अस्पतालमा भर्ना पुर्याइएको थियो।