महेन्द्रनगर । सडक डिभिजन कार्यालय कञ्चनपुरले सुपरभाइजर तथा लेन्थवर्करहरुलाई एक दिने पुन–ताजगी तालिम दिएको छ ।
कार्यालयले सुपरभाइजर तथा लेन्थवर्करहरुलाइ सडक मर्मत सम्भार सम्बन्धी एक दिने पुन–ताजगी तालिम दिएको हो।कैलाली र कञ्चनपुरमा रहेका ५५ जना लेन्थवर्करहरु र ८ जना सुपरभाइजर हरुलाई एक दिने पुन–ताजगी तालिम दिएको सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेश कुमार यादवले बताउनु भयो ।
प्रमुख यादवले लेन्थवर्करहरु तथा सुपरभाइजर हरुलाई कार्य क्षेत्रमा आवश्यक पर्ने सामाग्री जस्तै सेफ्टी जुत्ता, सेफ्टी जकेट, सेफ्टी बेल्ट, सेफ्टी टोपी,झोला लगाएतका आवश्यक सामाग्री समेत वितरण गरेको जनाकारी दिएका छन् ।


