सडक निर्माणकार्य अलपत्र,ठेकेदार फरार,आक्रोशित स्थानीयले वडामा गरे तालाबन्दी

Published by:

Published on:

महेन्द्रनगर । सडक निर्माणको काम अलपत्र छोडेर ठेकेदार फरार भएपछी स्थानीय आन्दोलीत भएका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ५ मा रहेको शान्ति निकेतन स्कुल देखि सत्यवादी हुदै मुल नहर जोड्ने सडक मर्मतको काम चन्द ग्रुप एण्ड कम्पनीले अलपत्र छोडेर फरार भएपछी स्थानीय आन्दोलीत भएका हुन ।

आन्दोलीत स्थानीयहरुले सरोकारवाला निकायलाई दबाब सिर्जना गर्ने भीमदत्त ५ को वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।चन्द ग्रुप एण्ड सप्लायर्स प्रालि र पुर्वाधार विकास कार्यालय कञ्चनपुर संग २०७९ मा ठेक्का समझौता भएको थियो । एक बर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का समझौता भएको निर्माण कम्पनीले सडकमा बेस मात्र हालेर फरार रहेको छ।

विभिन्न बाहाना बनाउदै निर्माण कार्य अलपत्र पार्ने चन्द निर्माण कम्पनीलाई पुर्बाधार विकास कार्यालयले केही रकम भुक्तानी गर्नुका साथै पुन ःएक बषको लागि ःम्याद थप गरेको पुर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारी बताए ।

अधिकारीले भने निर्माण कार्य अगाडि बढाउन चन्द निर्माण कम्पनीलाई ७ पटक पत्राचार गरिसकेका छौ,।‘धेरे अटेरी निर्माण व्यावसायी रहेछन्।,‘उनले भने’।‘कार्यालयको फोन पनि बेवास्ता गर्छन्।अधिकारीले निर्माण कम्पनीलाई निर्माण कार्य सुचारु गर्नु पर्ने भन्दै पत्रचार गरेको अन्तिम पत्रको समय अवधि सकिन अझै दुई दिन बाकी रहेको छ ।

बाकी रहेको दुई दिन भित्र निर्माण कम्पनीले काम सुचारु नगरे ठेक्का तोड्ने प्रक्रिया अघि बढाउने अधिकारीले आभाष डट कमलाई बताए ।भीमदत्त नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदम राज अवस्थीले समय रहदै निर्माण कार्य सम्पन्न नगर्ने ठेकेदार कम्पनीहरुलाई सरकारले कालो सूचिमा राख्नु पर्ने बताए ।

चन्द ग्रुप एण्ड सप्लायर्स कम्पनीका संचालक किशन चन्दले चैत्र मसान्त सम्म ठेक्काको म्याद रहेको र अहिले काम नगर्ने बताए। सोही सडक निर्माण सम्पन्न गर्नेको लागि म्याद थप गर्ने आफु काठमाडौ आएको बताए । शान्ति निकेतन देखि सत्यवादी मुल सडक जोड्ने सडकमा धूलाम्मे भएको छ । धूलाम्मे सडकले स्थानीयहरुले निकै सास्ती खेप्नु परेको स्थानीयहरुले बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार