चौधरी चोलिया निर्माण सम्बन्धी ७ दिने तालिम सम्पन्न

Published by:

Published on:

महेन्द्रनगर । सामाजिक विकास कार्यालय कञ्चनपुरले संञ्चालन गरेको ७ दिने चौधरी चोलिया निर्माण सम्बन्धी तालिमको समापन गरिएको छ ।

सामाजिक विकास कार्यालय कञ्चनपुरले जिल्लाको शुक्लाफाटा नगरपालिकामा यहि चैत १२ गते देखि १८ गते सम्म संञ्चालन गरेको चौधरी चोलिया निर्माण सम्बन्धी सीपमुलक तालिमको सोमबार एक कार्यक्रमका विच समापन गरिएको हो ।

चौधरी चोलिया निर्माण सम्बन्धी तालिममा सहभागी मिना चौधरीले सामाजिक विकास कार्यालय द्धारा संचालन भएको चौधरी चोलिया निर्माण तालिममा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताईन्। चौधरीले छोटो समय भएपनि चोलिया बनाउने सिप सिक्ने मौका पाएसंगै चोलिसंग लेहङ्गा समेत सिलाउने सिप पाए सिप मुलक तालिम थप प्रभावकारी बन्ने चौधरीको भनाई रहेको छ ।

नगरपालिकाले छनोट गरेका २५ जना थारु समुदायका महिलाहरुलाई सीप पुस्ता हस्तान्तरण तथा प्रवद्र्धन कार्यक्रम अन्तरगत चौधरी चोलिया सम्बन्धी ७ दिने सीपमुलक तालिम दिएको सामाजिक विकास कार्यालयका कञ्चनपुरका प्रमुख गोपाल दत्त जोशीले बताए । पछिल्लो समयका पुस्ताले विस्तारै आफ्नो धर्म संकृती, भेषभुषा पेशा, भुल्न थालेको हुँदा आफ्नो धर्म संकृती, भेषभुषा पेशा, जिवित राख्न थारु समुदायका महिलाहरुले पुर्खाै देखि गरि आईरहेको परम्परागत सिप लाई पुर्णता दिएको जोशीको भनाई रहेको छ ।

जोशीले सहभागीको माग अनुसार चोलिया संगै अपुरो रहेको लेहङ्गा सिलाईलाई अब आउने आर्थिक वर्षमा पुर्णता दिने प्रतिवद्धता जाहेर गरेका छन।्सिप मुलक तालिमको मुख्य प्रशिक्षक गिता डगौरा रहेकी थिईन ।तालिमका सहभागीहरुलाई प्रमाणपत्र,नगद र झोला वितरण गरिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार