फलोअपः स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र, प्रशासनले लियो एक्सन,राय सहितको प्रतिवेदन पेश गर्न आदेश

Published by:

Published on:

महेन्द्रनगर । महेन्द्रनगरको विष्ट क्लिनिकले दिन्छ २ सयमा स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र शिर्षको समाचार आभाष डट कम लगाएत विभिन्न संञ्चार माध्यममा प्रकाशित भएपछी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यातायात व्यावस्थापन कार्यालय कञ्चनपुरलाई ७ दिन भित्र राय सहितको प्रतिबेदन पेश गर्न पत्राचार गरेको छ ।

प्रशासनले यातायात व्यावस्थापन कार्यालय कञ्चनपुरको परिसर क्षेत्रमा परिक्षण विनानै महेन्द्रनगरको विष्ट क्लिनिका संचालक चंन्दन विष्ट लगाएतका चिकित्सकहरुले बिरामी चेकजाँच विनै निरोगिताको प्रमाणपत्रहरु दुई सयका बेच्ने गरेको समाचार र गुनासो प्रशासनलाई प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले राय सहितको प्रतिवेदन पेश गर्ने यातायात व्यावस्थापन कार्यालयलाई पत्राचार गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले बताएका छन् ।

सापकोटाले यातायात व्यावस्थापन कार्यालयलाई पछि सम्म फरक नपर्ने गरी सत्य तथ्य बुझि छानविन गरी ७ दिन भित्र प्र.जि.अ समक्ष राय पेश गर्ने आदेश दिएका हुन । मंगलबार संचारकर्मीलाई स्वास्थ्य चेकजाँच विनानै निरोगिताको प्रमाणपत्र बेचिन्छ भन्ने गोप्य सूचना आएको थियो ।आएको सूचना साचो हो या झुटो हो भनेर अनुसन्धान गर्दै जाँदा चित्र राज जोशी संचालक रहेको जोशी भू –सेवा केन्द्रमा बिरामीको नाम समेत उल्लेख नभएको, डा.चन्दन शिह बिष्टको हस्ताक्षर र छाप रहेको स्वास्थ्य चेकजाँच विनाकै निरोगिताको प्रमाणपत्र आभाष डटककलाई प्राप्त भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार