केशव कुँवर मातृभूमि जागरण अभियान भारत । हाम्रा पुर्खाले राष्ट्र राष्ट्रियता प्रति सदा उच्चायुक्त निःस्वार्थ भाव ग्रहण गर्दै बैरी सँग डटेर लडे विरगती प्राप्त गरे देशद्रोही कदापि बनेन्।तर अहिलेका राजनीति गर्ने र राष्ट्र सेवक हौ भन्ने र ठान्नेहरु देशद्रोही कृयाकलापमा लिप्त छन्।
राष्ट्र अनि राष्ट्रियतालाई राजनीति गर्ने एउटा एजेन्डा र अखडाका रुपमा राजनीतिक दलहरु सत्ता प्राप्ति गर्ने लक्ष्य र सोंच अनुकूल राष्ट्र र राष्ट्रियताको व्याख्या गर्दै हिँडेका छन् । यसर्थ यसरी जाने हो भने पुनर्संरचनाको खोलमा नेपालको इतिहास, समाजिक सद्भाव र अखण्ड भूगोलको खण्डीकरण हुँदै यो देश सार्वभौम रहि रहला भन्न सकिन्नरु चिन्ताको बिषय छ।
व्यवस्था परिवर्तनको नाममा जनतालाई शहीद बनाएर राज्यको ढुकुटी माथि लुट मच्चाउने हाम्रो मौलिकता, मूल्य मान्यता,समाजिक सद्भाव, संस्कृति विपरीत क्रियाकलाप गर्न खोजेका कारण देशमा बिकास समृद्धि र स्थायित्व हुन सकेको छैन्, देशको सार्वभौमसत्ता सँग जोडेर हेर्ने भन्दा पनि कसरी आफ्नो कुर्सि र सत्ता जोगाउने ध्यानमा नै अहिलेका राजनीतिक दलहरु मौन व्रत बसिरहेकाहरू छन्, जबसम्म नेपालका राजनीतिक दलहरूले देशको नीति निर्माण तहमा आफ्नो राष्ट्रमा छिमेकीबाट नवीकरण गर्नुपर्ने नेताहरु यो देशमा विराजमान रहि रहन्छन् तबसम्म हामीले सधैं अपमानित र अपहेलित हुनुपर्ने दिनलाई अन्त्य गर्न सक्दैनौं ।
नेपाली राजनीतिको वर्तमान स्वरूप राष्ट्रको चिन्ता भन्दा पनि सबै राजनीतिक दलका प्रमुख उप(प्रमुखलाई आफु र आफ्नाको मात्र चिन्ता छ, राजनीतिलाई आफ्नो स्वार्थको व्यापार गरेर ब्रहमलुट मचाईरहेका छन्। आफ्नो दलको नेताले मिठो भाषण गर्यो भने ताली बजाउँदै वाह वाह हाम्रो नेता भन्दै मख्ख परिरहेका हुन्छौं तर त्यो भाषण पनि सोचेर , सचिव मार्फत लेख्न लगाएर र आफ्ना गलत कमजोरि लुकाईएर अरुको गल्ति मात्र औल्याइएको एउटा कटु शब्दहरु मात्र हुन् भन्ने कुरा हामीले बुझ्न जरुरी छ।
बिगत केही बर्ष यता हाम्रो देशमा राजनीतिको नाममा राष्ट्रीय अखण्डता,मौलिकता संस्कार,संस्कृति,परम्परा र धर्म माथी निरन्तर प्रहार हुँदै आएको छ। नेपालका धेरै जसो राजनीतिक दलहरू बिदेशिको सिद्धान्तको आधारमा नेपाल भित्र राजनीति गरिरहेका छन् हाम्रो मौलिकता,यहाँको मूल्य मान्यता,समाजिक सद्भाव, संस्कृति विपरीत क्रियाकलाप गर्न खोजेका कारण यहाँ बिकास समृद्धि र स्थायित्व हुन सकेको छैन्, त्यसैले स्वतन्त्रता,स्वाधीनता,सार्वभौम ,भुअखण्डता कमजोर बन्दै गएको छ।
युवाहरुमा निराशाको बादल मडराएर बैरागी बनी आफ्नो मातृभूमि र नेपाल आमालाई भविष्यमा समृद्ध बनाउने आशामा विश्वजगतमा गुलामी बन्न बाध्य हुनुपरेको तितो यथार्थ बिद्यमान छ। यसो भनिरहँदा धेरैको मनमा प्रश्न उब्जन स्वभाविक नै हो, युवाहरू राजनीति र राष्ट्र सेवक नबन्नु र नहुनुमा देशको वर्तमानमा राजनीति प्रतिको बितृष्णा अस्तब्यस्त दुर्दशा र बेरोजगारी समस्या नै प्रमुख कारण हो भन्दा फरक नपर्ला।
त्यसैले राष्ट्र र राष्ट्रियताको लागि राजनिति दल भन्दा माथि राष्ट्र र राष्ट्रियता छ, भन्ने खबरदारी गर्ने गरौ
तसर्थ अबको समय, परिस्थिति र परिवेशलाई मध्यनजर गर्दै आफ्नो निजी स्वार्थ भन्दा माथि उठ्दै राष्ट्र र राष्ट्रियता लाई सर्बोपरी राख्दै सत्तामुखी, अधिकारी मुखी , समानतामुखी तथा विभेद रहित समाज निर्माण गरि संसारको एक दिगो शान्ति , समृद्ध र विकसित मूलुकको रुपमा नेपाललाई स्थापित गर्न राष्ट्र र नागरिकको अवस्था परिवर्तन गर्न सिद्धान्त र बिचारलाई कार्यान्वयन गर्न राष्ट्रिय संकृति संग जोड्न र आम जनताका बीचमा जनचेतना बिकास जगाउने मुल उदेश्यका साथ राष्ट्र राष्ट्रियता लाई सर्बोपरी ठान्ने जुन सुकै पार्टीका देशभक्त , न्याय प्रेमी जनसमुदाय, बुद्धिजीवी , विभिन्न पेशामा संलग्न ब्यबसायी , सामाजिक अभियान्ता ,अधिकारकर्मी , विशिष्ट ब्यक्तित्वहरु संग आर्थिक भौतिक नैतिक र बैचारिक रुपमा सहकार्य गर्दै राष्ट्रिय हितमा प्रतिवद्ध हुँदै राष्ट्रको स्थायित्वका लागि स्वदेश तथा प्रबासका हरेक गल्ली गल्ली,गाँउ गाँउ र सहरबाट ऐक्यबद्धता जनाउँदै स्वेच्छाचारी निरंकुश र तानाशाही निर्णयको विरूद्व तथा देश, राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको पक्षमा हातेमालो गरौ ।
मातृभूमि जागरण अभियान नेपालको सदस्य बनौँ र बनाऔं र यो अभियान लाई सबै मिलेर शशक्त रूपमा सफल पारौं ।
जय मातृभूमी
मातृभूमि जागरण अभियान भारत
महाराष्ट्र राज्य समिति
संयोजक
केशव कुँवर